बाल संगठन इलामको सभापतिमा शंकर नियुक्त

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन इलामको तदर्थ जिल्ला कार्यसमिति सभापतिमा नवराज शंकर नियुक्त भएका छन् ।

नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असोज १६ गते बसेको बैठकले देशभरका सबै जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेपश्चात् असोज २० गते बसेको बैठकले ७७ वटै जिल्लामा सभापतिहरु नियुक्त गरेको हो ।

नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नियुक्त भएपछि सभापति शंकरले संगठनको विधान, नीति, कार्यक्रम तथा निर्णय र निर्देशनका आधारमा कामलाई अघि बढाउने बताए । नियुक्ति पत्रमा विधान बमोजिम बाल संगठनको जिल्लामा रहेको चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्न र त्यसको संरक्षण गर्न साथै संरक्षण बिहीन बालबालिकाहरुको सहारा बन्ने काममा नेतृत्व गर्न भनिएको उनले बताए ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील शंकर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीका कार्यालय सचिव एवं सचिवालय सदस्य समेत रहेका छन् । जिल्ला युवा समितिको कार्यालय इलामको अध्यक्ष भइसकेका शंकरले विगतमा मानव अधिकार मञ्च नेपालमा आबद्ध भएर बाल अधिकार तथा शान्ति शिक्षा परियोजनामा काम गरेका थिए ।

विद्यालय तहमा बाल अधिकार चेतना समूह (बाल क्लब) को विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनले जिल्ला बाल संगठनलाई एउटा उचाईमा पुराउन भूमिका निर्वाह गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.