संसद बिघटन बिरुद्ध फिक्कलमा कांग्रेसको प्रदर्शन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति


फिक्कल: संसद बिघटन बिरुद्ध नेपाली कांग्रेसले इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा पदर्शन गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को आयोजनामा भएको बिरोध प्रदर्शनमा कांग्रेसले संसद पुर्नस्थापनाको माग गर्दे प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले चालेको असंम्बैधानीक कदमको बिरोध गरेको हो । चोक बजारबाट शुरु भएको बिरोध ¥यालीले बिभिन्न नारा लगाउदै बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो ।
क्षेत्रीय सभापती दुर्गा बरालको अध्यक्ष्तामा भएको बिरोध सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काग्रेसका जिल्ला सभापती हिमालयन कर्मचार्यले ओली नेतृत्वको सरकारले कांग्रेसलाई सडकमा आउन बाध्य बनाएको बताउनु भयो । उहाले दुई तिहाई बहुमतको सरकारले संसद बिघटन गरेर जनताको मतको उपेक्षा गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘संबिधनमै नभएको काम गरेर ओली सरकार जंगबहादुर बन्न खोजेको छ ।र्’ हामी भण्डाफोर गछौ, सडकबाटै संसद पुर्नस्थापना गराएरै छोड्छौ’ कर्मचायले भन्नु भयो । उहाले प्रधानमन्त्री ओलीको उग्र राष्ट्रबादको भ्रममा नर्पन मतदातालाई आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि तथा नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष डम्बर खड्काले दुई तिहाईको सरकारले देशमा भ्रष्टाचार मात्र बढाएको आरोप लगाउनु भयो । उहाले कोरोना महामारीले जनता मरीरहदा पनि भ्रष्टाचारमा सरकार लिप्त भएको बताउनु भयो । खड्काले भन्नु भयो ‘दई तिहाईको सरकारले जनतालाई दुःख मात्र दियो , अरु के दियो।’
खड्काले नेकपाले दुई तिहाई मत दिएका जनताको भावनामा घात गरेको बताउदै आगामी दिनमा भ्रममा नपर्न आग्रह गनु भयो । उहाले इलाम जिल्लामै नेकपाका ठूला नेता हुँदा पनि बिकास निर्माणले फड्को मार्न नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष बिष्णु कार्कीले नेकपाको दुई तिहाई सरकारले काग्रेसलाई सडकमा ल्याएको बताउदै असंबैधानीक कदम बिरुद्ध सडकबाटै संर्घष गरीरहने बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस महाधीबेसन प्रतिनिधि बन्दना अधिकारी, बिद्यार्थी नेता निशेष राई, क्षेत्रीय सभापती दुर्गा बराल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा सहभागी हुँन गाउँगाउँबाट काग्रेस कार्यकर्ता आएका थिए । नेपाली कांग्रेसले आजै देउमाई नगरपालिकाको मंगलबारेमा पनि बिरोध प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published.