इलामको फिक्कलमा नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

प्रदेश नं. १ राजनीति

फिक्कल: इलामको फिक्कलमा नेकपाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल सूर्योदयन गर कमिटिको आयोजनामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
५० बढी युवा कार्यकर्ता सहभागी भेलामा नेकपाका जिल्ला कमिटि सचिवालय सदस्य तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई र नगर कमिटि संयोजक सोनाम छिरीङ लामाले पछिल्लो राजनीति घटनाक्रम , पार्टीको अवको अवस्था लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरे पछि नेकपामा उत्पन्न बिवाद पछि जिल्लामा नेकपा दुई कित्तामा बिभिाजित भएको छ । नेकपाका बरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्र नम्बर १ मा खनाल समूह बलियो देखिएको छ ।

Leave a Reply

Your email address will not be published.