इलाममा नेकपा बिवाद : पार्टी अध्यक्ष राम रानालाई हटाएर भक्त केलीलाई पदस्थापन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति


इलाम: इलाममा प्रचण्ड माधव नेतृत्वको नेकपा समुहले पार्टी अध्यक्ष राम रानालाई अध्यक्षको जिम्मेवारीबाट हटाइ नयाँ जिल्ला अध्यक्षमा भक्त केसीलाई पदस्थापन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी इलामको प्रचण्ड माधव समुहको पुर्ण बैठकले नेकपा इलामका अध्यक्ष राम राना पार्टीको निर्णय विरुद्ध पार्टी हित र अनुसाशन विपरीत गतिविधिमा संलग्न भएको जनाउदै अध्यक्षको जिम्मेवारीबाट हटाइ जिल्ला अध्यक्षमा केसीलाई पदस्थापन गरिएको बिज्ञप्तीमा जनाएको छ ।
पार्टी जिल्ला सचिव सिन्धु राइको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं इलाम इन्चार्ज धिरेन्द्र शर्माको प्रमुख आतिथ्य र प्रदेश सदस्यहरु मणिकुमार लिम्बु, खिनु लङ्वा, ध्रुव श्रेष्ठ,कान्छा लाओती, उर्मीला तामाङ, पार्टी नेता राम राई र प्रवीण तिम्सिनाको उपस्थितिमा जिल्ला कमिटीको बहुमत सदस्यको उपस्थितमा जिल्लाको पूर्ण बैठकले उक्त निर्णय गरेको सो समुहले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
प्रचण्ड माधव नेतृत्वको नेकपा समुहले महेश बस्नेत र उमेश गुरुङलाई समेत पार्टीको हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै कार्यालय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । बस्नेत र गुरुङको स्थानमा उदय राइ, आरबी राई र जे.बी. फिलिहाङ्गलाई पदस्थापन गरिएको जनाएको छ ।
यस्तै पार्टीको कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाइ जिम्मेवारी तोकिएको छ । साथै पार्टीमा असहज परिस्थिति श्रजना भएकाले पार्टीको नाममा रहेको सम्पूर्ण बैक खाता रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।
उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीद्धारा गरिएको प्रतिनिधि विघटनको बिरुद्ध पार्टीको केन्द्रिय कार्यक्रम अनुसार जिल्लमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
जिल्ला तहमा पनि पार्टी दुई चिरामा बिभाजन भए पछि इलाममा पनि प्रचण्ड माधव समुह र ओली समुह आ आफनो गुठ बलियो र आधिकारीक देखाउन लागि पर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published.