इलाममा ओली समुहको पद धमाधम अस्विकार गर्दै

राजनीति

इलाम : इलाममा प्रधानमन्त्री केपी शर्मा ओली समुहले मनोनित गरेका जिल्ला कमिटीका सदस्यहरुले पद अस्विकार गरेका छन् । बिना जानकारी आफुहरुलाई कमिटीमा राखिएको भन्दै कार्यकर्ताहरुले ओली समुहको साथ छाड्न थालेका हुन् ।

आज मात्रै ओली समुहले गत पुष २१ गते जिल्ला कमिटीमा नाम थपेका माई नगरपालिकाका २ जनाले आफुहरु प्रचण्ड–माधव समुहमा नै रहेको भन्दै विज्ञप्ती जारी गरे । माई नगरपालिकाकी प्रेमकुमारी राई र भक्त योन्जनले हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै आफुहरु ओली गुटमा नरहेको स्पष्ट पारे ।

उनीहरुले जिल्ला समन्वय समितीमा भएको केपी ओली–सुवास नेम्बाङ समुहको भेलाले बिना जानकारी नाम थपेको भन्दै आपत्ती जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ ‘ यो बिषयमा मलाई थाहा जानकारी नदिई मेरो नाम कमरेड केपी शर्मा ओली समुहको जिल्ला सदस्यमा राखिएको प्रति मेरो असहमती रहेको व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछु । साथै म असंवैधानिक अलोकतान्त्रिक र तानाशाही कदम जननिर्वाचित प्रतिनिधिसभा भंग विरुद्ध उभिने प्रतिवद्धता सहित पार्टीको बहुमत केन्द्रीयहरुको प्रतिनिधित्व गरेको अर्थात कमरेड प्रचण्ड, कमरेड माधवकुमार नेपाल र कमरेड झलनाथ खनालले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी नेकपा ९नेकपा० मा नै आवद्ध रहेको व्यहोरा समेत सबैमा जानकारी गराउँदछु ।’

Leave a Reply

Your email address will not be published.