इलामका १० वटै पालिकामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

इलामका १० वटै पालिकामा नेपाली कांग्रेसको  बिरोध सभा सम्पन्न


इलाम: प्रधानमन्त्री केपी शर्मा ओलीको असबैधानिक कदम बिरुद्ध इलामका १० वटै पालिकामा नेपाली काग्रेसले सनिबार बिरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस नगर कार्य समिति र गाउँ पालिका कार्य समितिको आयोजनामा इलामका ४ नगरपालिका र ६ गाउँपालिकामा बिरोध सभा सम्पन्न भएको हो ।
सबै क्षेत्रमा भएका कार्यक्रममा काग्रेस नेताहरुले केपी ओलीले संसद भंग गरेर देशलाई भड्खालोमा हालेका थिए । उनीहरुले स्थानीय सरकार समेत भ्रष्टाचार , पार्टीका कार्यकर्ता संरक्षणमा लागेको आरोप लगाए ।
इलाम नगरपालिकाको इलाम बजारमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती हिमालय कर्मचार्यले ओली सरकार निरङकुस , संबिधान बिरोधी र भ्रष्टाचारमा लिप्त भएकाले देश नै अप्ठयारोमा परेको बताउनु भयो । उहाले संसद बिघटन फिर्ता हुनेमा आफहरु ढुक्क रहेको बताउनु भयो । कार्यक्रममा काग्रेस नेता केदार थापा राजेन्द्र शर्मा लगायतको सहभागीता रहेको थियो ।
यस्तै नेपाली काँग्रेस सन्दकपुर गाउँ पालिका कार्य समितिको आयोजनामा सन्दकपुरको देउरालीमा बृहद विरोध सभा सम्पन्न भएको छ ।
सभाका वक्ताहरुले ओली सरकारका असंवैधानिक कदमको कडा आलोचना गर्दै स्थानीय सरकारका गलत कृयाकलापको समेत आलोचना गरे । सभापति प्रेममणी ढकालको अघ्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव निरोज खड्गी, संगठन विभागका सदस्य तथा संघिय उम्मेदवार भुपेन्द्र कट्टेल, महिला संघ अघ्यक्ष निर्मला सन्जेल, जिल्ला सदस्य देवेन्द्र सुवेदी, तुलाराम गुरुङ , धनप्रसाद खाम्दाक, तारा न्यौपाने, घनश्याम गुरुङ, सन्तोष खतिवडा, खेम थापा मगर लगायतले मन्तव्य राख्नु भएको थियो ।

उता इलामको देउमाई नगरपालिकाको मंगरबारेमा पनि बृहद बिरोध सभा सम्पन्न भएको छ ।
देउमाई नगरपालिकाका नेका सभापति दिलिप कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकाका महासमिति सदस्य पुर्व जिल्ला सभापति हरि खनाल शिक्षक संघ प्रदेश नं १ सभापति पुर्ण गौतम महिला संघ जिल्ला सदस्य इन्दिरा राउत लगायतले मन्तव्य राखेका थिए ।सोही कार्यक्रममा नेकपा संगठित सदस्य चन्द्र राउत र शिब खाती सहित दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता डम्बर खड्काले जनताले अब कांग्रेस खोज्ने दिन आएको बताएका छन ।
खड्काले पुर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल र पुर्ब सभामुख सुवास नेङबाङले इलाममा अब काँग्रेस खोज्ने बनाउछु भन्दै बिगतमा गरेको भाषणको तितो अनुभव स्मरण गर्दै उनिहरुले बिगतमा गरेका ती कुराहरु कम्युनिस्टहरुको आपसी द्वन्द्वका कारण नेपाली जनता आफैले अब काँग्रेस खोज्ने दिन आएको बताएका हुन ।
उनले राष्ट्रपति जस्तो गरिमामय पदलाई ओली सरकारले रबरको स्टाम बनाएको भन्दै काँग्रेसले अदालतको निर्णय पनि सम्मान गर्दै संसद बिगठनको विरुद्धमा आन्दोलन पनि निरन्तर जारि राख्ने बताएका छन ।
सूर्योदय नगरपालिकाको फिक्कलमा नगर सभापती मणी गुरुङको अध्यक्षतामा बिरोध सभा सम्पन्न भयो । बिरोध सभामा काग्रेस नेताहरु टिकाराम सुब्बा लेप्चा , प्रेम चाम्लीङ, बन्दना अधिकारी , निशेष राई लगायतले केपीको अलोकतान्त्रीक कदमको बिरोध गरेका थिए ।
माई नगरपालिकमा भएको कार्यक्रममा कांग्रेस नेता नगेन्द्र कुमाल , चुलाचुली गाउँपालिकामा भेषराज आचार्य , रोङ गाउँपालिकामा बिष्णु दाहाल , माङसेबुङ गाउँपालिकामा बिष्णु कार्की , फाकफोकथुम गाउँपालिकामा नुतनदेव दुलाल र माईजोगमाई गाउँपालिकामा भएको बिरोध सभामा काग्रेस नेता होम दुलाल , दुर्गा बराल लगायतले सम्बोधन गरेका थिए ।