इलामका ८१ वटै वडामा कांग्रेसको बिरोध सभा सम्पन्न

  • 13
    Shares
इलामका ८१ वटै वडामा कांग्रेसको बिरोध सभा सम्पन्न


इलाम: प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमको विरोधमा नेपाली कांग्रेस इलामले ८१ वटै वडामा प्रदर्शन गरेको छ ।
बिहीबार देशभरका सवै वडामा कांग्रेसले विरोधको कार्यक्रम तय गरेसंगै इलाम कांग्रेसले ८१ वटै वडामा बिरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले नेपालको संविधान २०७२ विपरित संघीय संसद विघटनको विरोधमा कांग्रेसले एकै दिन देशभरमा ६ हजार ७ सय ४३ वटा वडामा विरोध कार्यक्रम तय गरेको थियो ।
जिल्ला सभापती हिमालय कर्मचार्यले सवै वडा कार्य समितिको आयोजनामा बिरोध सभा सम्पन्न भएको जानकारी दिनु भयो ।
बिरोध सभामा सभापती कर्मचार्य सहित नेताहरु डम्बर खड्का , भेषराज आचार्य , खगेन्द्र देवान , होम दुलाल , बिष्णु कार्की भुपेन्द्र कट्टेल ,निरोज खड्गी लगायतले जिल्लाका बिभिन्न स्थानमा भएका कार्यक्रममा सम्बोधन गर्दे संसद पुर्नस्थापना हुने बताएका थिए ।