इलामको माङसेबुङ ६ का वडाअध्यक्ष साङपाङको पद खुस्कियो !

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति


इलाम : पार्टी परिवर्तन गरेका कारण इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद खुस्किएको छ ।

आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० प्रवेश गरेका साङपाङको पद खुस्किएको निर्वाचन आयोग नेपालले पुष्टि गरेको हो ।

आयोगको गत ७ माघको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा गोरखापत्रमा ‘दल त्याग तथा रिक्त सम्बन्धी सूचना’ प्रकाशित गरि सोही दिनदेखि साङपाङ निर्वचित भएको पद स्वतस् रिक्त भएको आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको व्यहोरा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको सूचनामा उल्लेख छ । सो सूचनामा साङपाङसहित सिरहा औरही गाउँपालिका २ का दलित महिला सदस्य भालसैरदेवी सदा, सोही गाउँपालिकाका कार्यपालिका सदस्य रामप्रताप राम र सुनसरीको इनरुवा नगरपालिका २ का वडा सदस्य लक्ष्मी मेहताको पद समेत रिक्त भएको उल्लेख छ ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचना
२०७४ सालको स्थानीय तहको निर्वाचनमा साङपाङले तत्कालिन नेपाली कांग्रेसबाट अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए । साङपाङले पूर्व बाँझो गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तत्कालिन नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गर्दै वक्षा अध्यक्षमा विजयी बनेका थिए । वडाका ४ जना सदस्य नेकपा एमालेबाट निर्वाचित हुँदा उनी एक्लै कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचत भएका थिए । तर साङपाङ २१ चैत २०७४ मा माङसेबुङ गाउँपालिका ३ चतुरेमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

तत्कालिन एमाले प्रवेशपछि बाँयाबाट तेस्रोमा साङपाङ ।
तत्कालिन जिल्ला पार्टी अध्यक्ष एवम् प्रदेश सभा सांसद रामबहादुर मगर ९राम राना०, प्रदेश कमिटी सदस्य जयप्रकाश राई, जिल्ला कमिटी कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्य किरण राई, सदस्य हेमन्त राई, जिल्ला सल्लाहकार कमिटी उपाध्यक्ष पूर्ण बस्नेत, अनेरास्ववियु जिल्ला उपाध्यक्ष प्रवेश पराजुली लगायतको उपस्तिथिमा एमाले प्रवेश गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयलाई पद रिक्त भएको पत्र

यसैबीच निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय इलामलाई माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको पद रिक्त भएको जानकारी पत्र पठाएको छ । निर्वाचन आयोगबाट माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको पद रिक्त भएको जानकारी पत्र कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय इलामका सुचना अधिकारी कृष्ण लिम्बूले पुष्टी गरे । नयाँबुलन्दबाट

Leave a Reply

Your email address will not be published.