पार्टी फुटेपछि सिफारिस भएको पद गुम्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

नमीन ढकाल, इलाम : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० फुटेसंगै इलामका भक्त केसी र उर्मिला तामाङले भूमिसम्बन्धी समस्या आयोगको पद गुमाएका छन् । चैत ९ गते बसेको मन्त्री परिषदको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेसंगै जिल्लाको समस्या समाधानका लागि गठन गरिने समितिमा इलामबाट अध्यक्षको लागि केसी र सदस्यको लागि तामाङसंगै विज्ञ सदस्यको रुपमा प्रकाश अधिकारीको नाम पठाइएको थियो । तर केसी र तामाङ प्रचण्ड–माधव समुहमा गएपछि उनीहरुको पद बाटैबाट परिर्वतन भयो ।

इलामका अध्यक्षमा चुलाचुलीका ओमनारायण खनाल र सदस्य माङसेबुङका हेमन्त राईले पाएका छन् । केसी प्रचण्ड–माधव समुहको जिल्ला अध्यक्ष हुन् । तामाङ नेकपा प्रदेश कमिटिको सदस्य हुन् । भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार जिल्लामा एक जना अध्यक्ष र ६ सदस्य रहेको समिति गठन हुनेछ ।

आयोगको सिफारिसमा सरकारले जिल्ला समितिमा संयोजक र दुई सदस्य मनोनयन गरेको हो । बाँकी तीन सदस्य जिल्ला भूमिसुधार, नापी र वन कार्यालयका प्रमुख तथा र सदस्यसचिव भने जिल्ला समन्वय समितिका सचिव रहने व्यवस्था समेत गठन आदेशमा गरिएको छ ।

जिल्ला अध्यक्षले सहसचिव र सदस्यले शाखा अधिकृतसरहको तलब सुविधा पाउनेछन । जिल्ला अध्यक्षलाई गाडी, इन्धनलगायतको सुविधासमेत दिइनेछ । केन्द्रिय आयोगले ४ सय १ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ । आयोगलाई देशभर जग्गा खोजेर भूमिहीन र अव्यवस्थितलाई उपलब्ध गराउन तीन वर्षको समय दिएको छ ।

Leave a Reply

Your email address will not be published.