इलाममा कांग्रेसका भेच्छुक संघ संस्थाद्धारा सरकार विरुद्ध प्रदर्शन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : इलाममा शनिबार सरकार विरुद्ध नेपाली काङ्गेसको शुभेच्छुक संघ संस्थाहरुले प्रर्दशन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विगठन गरेको भन्दै विरोध प्रर्दशन गरेका हुन ।

इलाम सदरमुका स्थित ठुलो टुडिखेलबाट ¥याली सुरु गरी इलाम चोक बजारमा सभामा परिणत भएको थियो । प्रर्दशमा सहभागीहरुले विरोध संकेत गर्न कालो मास्क र कालो पट्टि लगाएका थिए भने सरकार विरुद्धका नारा लेखेर छातीमा टासेका थिए ।

विरोध सभामा ट्रेड युनियन काङ्गेसका केदिद्रय सदस्य कमला शिवाकोटी , नेपाली नेपाल शिक्षक संघ प्रदेश १ का अध्यक्ष पुर्ण प्रसाद गौतम , काङ्गेस नेताहरु खगेन्द्र देवान , केशव थापा लगायतले सरकारले असंवैधानिक कदम चालेको भन्दै विरोध गर्नु भयो ।
नेपाल प्रजातान्त्रिक संघका संयोजक लक्षमण पाण्डे स्वागत मनत्व्य र कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । ट्रेड युनियन काङ्गेस इलामका अध्यक्ष हरि फुयालको संयोजनमा भएको कार्यक्रम नेपाल प्रेस युनियनका विप्लप भट्टराईले संचालन गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published.