सूर्योदयमा २०० बढी कार्यकर्ता नेकपामा प्रवेश

सूर्योदयमा २०० बढी कार्यकर्ता नेकपामा प्रवेश

इलाम:सूर्योदय नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी कार्यकर्ता झलनाथ प्रचण्ड माधव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।
नेपाली कंग्रेस,जनता समाजबादी पार्टी परित्याग गरी सू न पा ३ तल्लो कट्टेबुङबाट ४० घरपरिवार भन्दा बढी र वडा नं १ थुम्केबाट ७ घरपरिवारका गरी जम्मा २०० भन्दा बढी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुँन ।
तल्लो कट्टेबुङमा इलाम जिल्ला कार्यदल सदस्य रण बहादुर राईले र थुम्केमा कार्यदल सदस्य जेवि फिलिहाङ तथा रण बहादुर राई सहितको टोलीले उनीहरुलाई पार्टी प्रवेश गराएका छन ।