नेकपाको प्रचण्ड-माधव समुले इलाममा २६ औं जनयुद्ध दिवस मनायो

  • 47
    Shares
नेकपाको प्रचण्ड-माधव समुले इलाममा २६ औं जनयुद्ध दिवस मनायो

इलाम : गणतन्त्र प्राप्तिको आन्दोनलको क्रममा साहदत प्राप्त गरेका सहिदहरुको सम्झनामा इलाममा २६ औँ जनयुद्ध दिवस मनाइएको छ । नेकपाको प्रचण्ड माधव नेपाल पक्षले इलाम सदरमुकामको चोकबजारमा दिप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएको हो ।
“२६औं महान जनयुद्ध दिवस आन्दोलनकै जगमा मनाऔ१, प्रतिगमनकारि कदमको विरुद्धमा आन्दोलनको ज्वार भाटा श्रीजना गरौं ११ भन्ने मुल नाराका साथ जनयुद्ध दिवश मनाइएको हो । कार्यक्रममा नेकपाका अध्यक्ष भक्त केशि, नगर कसमिटी अध्यक्ष प्रभास सर्मा, सचिवालय सदस्य जिवन सर्मा, कार्यालय सचिव सोम सर्मा, प्रकाश परियार, अनेरास्ववियुका इलाम अध्यक्ष मानबहादूर गुरुङ्ग लगायत नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गरेको दिनलाई हरेक वर्ष जनयुद्ध दिवश मनाइने गरेको छ ।