रोङ गाउँपालिकाकी उपाध्यक्ष राईलाई पितृ शोक

प्रदेश नं. १ राजनीति


रोङ : रोङ गाउपालिकाकी उपाध्यक्ष चन्द्रकला राई र संचारकर्मी भारती राईलाई पितृ शोक परेको छ । उनीहरुको बुवा नेत्रबहादुर राईको आज विहान ८ बजेको ७२ बर्षको उमेरमा निधन भएको हो । लिभर क्यान्सरबाट ग्रसित राई उपचारपछि स्वास्थ्यकर्मीको निगरानीमा घरमा नै आराम गरिरहेका थिए । राईको निधनको बारेमा वडा सदस्य एव मृतकका भतिज कमल कुमार राईले पुष्टि गरे ।

स्वर्गीय राई बिभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध रहेका थिए । पाथीभरा बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष, पाथीभरा क्षेत्र बिकास कोषका पूर्व अध्यक्ष, नेपाली कांग्रेस रोङ गाउँपालिका वडा नम्बर ४ का पार्टी सभापति लगायत को जिम्बेवारीमा रहेका थिए ।

साबिक कोल्बुङ ४ को बिभिन्न सामाजिक तथा सामुदायिक कामहरुमा उपभोक्ता समितिको पदाधिकारी समेत रहेर कार्य गरेका राईको निधनमा स्थानीय बासी शोकमग्न भएका छन् । राईको आजै रोङ गाउपालिका वडा नम्बर ४ पहरीगाउ घर नजिकै जातीय परम्परा अनुसार अन्तिम संस्कार गरिने वडा सदस्य एव मृतकका भतिज कमल कुमार राईले बताए ।

यसै बिच रोङ गाउँपालिकाको भोली आइतबार हुने भनिएको गाउँसभा स्थगित भएको छ । गाउँपालिकाले आज एक सूचना प्रकाशित गर्दै अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मको लागी गाउँसभा स्थगित गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.