निर्वाचन प्रकृया भड्किलो वन्दै गएको सरोकारवालाको चिन्ता

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु उल्लेख्य हुने गरे पनि कारवाहीको दायरामा थोरै मात्र आउने भएकाले निर्वाचन प्रकृया भड्किलो वन्दै गएको सरोकारवालाहरुले वताएका छन् ।
पा“चौ निर्वाचन दिवसका अवसरमा आज इलाममा आयोजित कार्यक्रमका सहभागिले आचारसंहिता जति मजवुत भए पनि नियमनकारी निकाय प्रभावकारी नहुदा यस्तो अवस्था आउने गरेको धारणा राखे । आचारसंहितामा कतिपय विषयहरु पालन हुनै नसक्ने भएकाले पनि उल्लंघनका घटना हुने गरेको सहभागीहरुको भनाई थियो ।
जिल्ला निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषय अन्र्तकृया कार्यक्रममा निर्वाचन आयोगले तयार पारेको पछिल्लो आचारसंहिताको विषयमा जानकारी गराईएको थियो ।
प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद सेडाईले आचारसंहिता पालनाकालागि सवै पक्ष गम्भिर हुनु पर्ने धारणा राखे । नेपाली कांग्रेसका होम दुलाल, नेकपाका वद्री खड्का, जनता समाजवादीका बखतवहादुर आङदेम्वे, नेपाल पत्रकार महासंघ इलामकी अध्यक्ष कोकिला ढकाललगायतले आचारसंहिता उल्लंघन हुन नदिन राजनीतिक दलहरु नै मूख्य जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम काफ्लेले आचार संहिताको पछिल्लो ड्राफ प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.