रोङको १० औं गाउँसभाद्धारा सार्बजनिक नीजि साझेदारी ऐन पारित

Breaking News Trending प्रदेश नं. १ बिजनेस राजनीति

रोङ : वडा क्षेत्रको सीमाना हेरफेर तथा बिनियोजन बिधेयक संसोधन गर्दै रोङ गाउँपालिकाको दशौ गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । सभाले सार्बजनिक नीजि साझेदारी बिधेयक २०७७ समेत पारित गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित गाँउसभालाई सम्बोधन गर्ने क्रममा बक्ताहरुले गाउँको बिकास निर्माण र बजेटको बिषयमा बिचार ब्यक्त गरेका थिए ।

सभालाई सम्बोधन गर्नेक्रममा गाउँपालिका अध्यक्ष शम्सेर राईले नागरिकको सहजतालाई ध्यानमा राख्दै सिमानाको बिषयमा छलफल भएको बताए । ‘‘गाउमा रोजगार सिर्जना गर्ने र रोजगार दिनको लागि लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनले ठूलो सहयोग पुगेको छ’’ गाउँपालिका अध्यक्ष राईले भने ‘साना साना टोलहरुको बिकासमा स्वरोजगार कार्यक्रम उत्तम बनेको छ । सभामा वडाको सिमाना हेरफेरको बिषय वडा अध्यक्ष टेकबहादुर तामाङले सभामा प्रस्तुत गरेका थिए ।

त्यसैगरी बेरुजुको सम्बन्धमा लेखा समितिका संयोजक बिमला तामाङ र बिनियोजन बिधेयक संसोधन माथीको छलफलको प्रस्ताब आर्थिक बिकास समितिका संयोजक मात्रिका बरालले सभामा प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत भएको सबै प्रस्ताब सर्बसम्मत रुपमा पारित भएको थियो । सभाको सुरुमा उपाध्यक्ष चन्द्रकला राईलाइ परेको पितृशोकमा शोक प्रस्ताब पारित गर्दैै समबेदना ब्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published.