बिप्लवले छोडे हिंसा, सबै बन्दी रिहाई गरिने

  • 14
    Shares
बिप्लवले छोडे हिंसा, सबै बन्दी रिहाई गरिने

काठमाडौं प्रतिबन्धित नेपाल कम्युष्टि पार्टी (नेकपा) विप्लव समूहले हिंसा छोडेर सरकार संग सहमती गरेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।

सरकारले बिप्लब समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । हिजो मात्रै दुई चरणमा बार्ता भएको थियो ।

सम्पूर्ण बन्दी रिहाई गरिने

सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । भोली २१ गते सरकार र बिप्लब सहभागी कार्यक्रम पछि बिप्लब खुल्ला राजनीतिमा आउने छन् ।