माधव-झलनाथ समूह एमालेमै रहेने निष्कर्षमा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

काठमाडौं : सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव(झलनाथ पक्ष एमालेमै फर्किने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधवकुमार नेपाल(झलनाथ खनाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०लाई पूर्ववत् रूपमा जगाएको छ।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

अदालतले पुरानै पार्टी ब्यूँताएपछि नेपाल समूह एमालेमा फर्कने निष्कर्षमा पुगेको हो। माधव(प्रचण्ड समूहका केन्द्रिय सदस्य एवम् तत्कालीन एमाले नेता विष्णु रिजालले एमाले केपी ओली, माधव नेपाल दुवैको भएकाले पार्टी ब्यूँतिएपछि हामी सबै एमाले भएको बताएका छन्। ट्वीटमा उनले भनेका छन्,‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन। एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ।’

अहिले प्रचण्ड(माधव पक्षको स्थायी कमिटी बैठक पेरिस डाँडामा बसिरहेको छ। बैठक अगाडि तत्कालीन एमालेको माधव पक्षको मात्र बैठक बसेको थियो। उनीहरु एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्दै पुनस् पार्टी एकताको लागि पहल गर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले बताए। छलफलमा सहभागी नेताहरुले एकतालाई जोगाएर जान सकिने सम्भावनाको खोजी गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्। अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published.