रोङमा काग्रेसले गर्यो आर्थिक सहयोग

बिजनेस राजनीति

रोङ: नेपाली काग्रेस रोङले आफ्ना कार्यकता नारायण प्रधानको आमाको उचाचार सहयोगको लागि आर्थिक सहयोग गरेको छ ।
रोङ ६ निवासी काग्रेसका कृयाशिल सदस्य नारायण प्रधानको ७३ बर्षिय आमा राम माया प्रधानको ममतामयी आमाको गत फागुन ४ गतेबाट पक्षघात भई गत बि एन सि अस्पतालमा लामो समय सम्म उपचार गराएका थिए ।

आफ्ना कार्यकर्तालाई आमाको उपचारमा केहि सहयोग होस भनेर नेपाली काग्रेसका शुभेच्छुक हरुबाट स्वत स्फुर्त जुटेको रकम १५ हजार ९ सय रुपैया आज प्रधानको घरमै पुगेर बिरामी आमाको स्वास्थ्य लाभको कामना गर्दै नेपाली काग्रेस रोङ ६ का सचिव केशर प्रधानले हस्तानतरण गरेका हुन । आफुलाई दुखको बेला सहयोग गरेकोमा नारायणका बाबु चन्द्र प्रधानले खुसी ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.