काठमाण्डौंबाट आउन नपाएकालाई कांग्रेस नेता डम्बर खड्काले ल्याईदिए घर

  • 69
    Shares
काठमाण्डौंबाट आउन नपाएकालाई कांग्रेस नेता डम्बर खड्काले ल्याईदिए घर

इलाम : नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले काठमाडौंबाट इलाम आउने गरिब, असहाय र विद्यार्थीका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराएका छन् ।बिश्वब्यापी रूपमा फैलिएको कोरोना माहामारीको दोस्रो लहरका कारण उपत्यकामा भएको बन्दाबन्दीका कारण आफ्नो गृहजिल्ला फर्कनका लागि यातायात नपाएर समस्यामा रहेका इलामका नागरिकहरुलाई यातायात सेवा उपलब्ध गराएका हुन ।
बुधवार ४ वटा हाईस मार्फत जिल्लाका ६० जनालाई काठमाडौंबाट इलाम ल्याईदै गरेको कोटेश्वरमा रहेको इलामेली हायस काउन्टरका शेखर अधिकारीले बताएका छन ।खड्काले घर आउनेहरुका लागि निःशुल्क माइक्रोको व्यवस्था गरेका हुन । घर फर्किन नसकेका विद्यार्थी, गरिव र असाहयका लागि इलाम सम्म आउनका लागि हायसको निशुल्क ब्यवस्था गरिएको नेता खड्काले जानकारी दिए ।
काठमाडौंको कोटेश्वरमा रहेको इलामेली हायसको काउन्टरबाट निशुल्क इलाम सम्म आउने व्यवस्था गरिएको छ । नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एबं नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग सदस्य समेत रहेका खड्काले युवा समाजसेवीको पहिचान नै बनाई सकेका छन् ।
खड्काले गत साल पनि लकडाउन हुनु अघी काठमाडौबाट इलाम फर्कनेहरुका लागि सवारी निःशुल्क उपलब्ध गराएका थिए । त्यती मात्र होइन उनले कोभीड १९ को प्रकोप पछि नेपालमा लगाईएको लकडाउनमा घर घर पुगेर समस्यामा परेकाहरुलाई सहयोग गरेका थिए भने सोही बेला करिव २१ लख बराबरको चामल सहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका थिए ।
नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई सहयोग गर्दै आएका छन । उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई देखी लिएर जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मीक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन । समाजसेबी भएकै कारण उनी राष्ट्रिय सम्मानबाट समेत सम्मानित समेत भईसकेका छ्न । खड्का इलामबाट संचालित चियाबारी एफ.एम. इलाका अध्यक्ष तथा निर्माण ब्यवसायी समेत हुन ।