इलामका पाँच बिद्यार्थी संगठन प्रतिनिधिसभा बिघटन बिरुद्धको मोर्चाबन्दीमा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: इलामका ५ विद्यार्थी संगठनका प्रतिनिधिहरुले राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा गरिएको प्रतिनिधिसभा विघटन संविधानको धज्जी उडाउँदै राजनैतिक स्थिरता र लोकतन्त्रमाथीको अक्षम्य प्रहार भएको बताएका छन् । नेपाल विद्याथीं संघका सभापति प्रकाश भट्टराई, अखिल क्रान्तिकारीका अध्यक्ष विपिन पोख्रेल, अनेरास्ववियूका अध्यक्ष मानबहादुर गुरुङ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रामकुमार लिङ्दम र संघिय विद्यार्थी युनियन लिम्बुवानका केन्द्रिय सदस्य शुक्रराज लिम्बुले संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभामाथि निशाना साधेर राष्ट्रिय स्वभिमान र स्वाधिनतामाथी नै आँच पु¥याएको आरोप लगाएका छन् ।

विश्ले भयंकर स्वास्थ्य महासंकट सामना गरिरहेको विषम परिस्थितीमा फसिरहेको बेला राष्ट्रपति र प्रधानमन्त्रीको कारण देश राजैनितिक संकटको भुमरीमा परेको विद्यार्थीहरुको आरोप छ । विज्ञप्तीमा भनिएको छ ‘ समग्र विश्वले नै भयंकर स्वास्थ्य महासंकटको सामनागरिरहेको यो विषम परिस्थितिमा दृष्य – अदृष्य शक्तिको लालच , प्रलोभन र उक्साहटमा राष्ट्रका प्रमुख जिम्मेवार राष्ट्रपती र प्रधानमन्त्री नै प्रतिगमनको मतियार बनेर असंख्य सहिदह्ररुको बलिदान एवं सम्पूर्ण नेपालिको कैयौं दशकको संघर्ष , साहसपूर्ण त्याग र योगदानबाट प्राप्त उपलब्धिहरुमाथि शृङ्खलाबद्ध हमला गर्न उद्धत हुंदा हाम्रो देश नेपाल भने थप राजनैतिक संकटको भुंमरिमा पनि फस्न पुगेको छ ।’

विज्ञप्तीमा थप भनिएको छ ‘ सरकार माफियाको कठपुतली बनेर चरम भरष्टाचार र कमिशनका माध्यमबाट देशदोहनमा केन्द्रीत हुनु नै अहिलेका सम्पूर्ण समस्याको मुल कारण हो भन्नेमा कसैमा भ्रम रहन आवस्यक छैन । ंयस्तो विषम परिस्थितिमा सिङ्गो मुलुक र राज्यका सबै निकायको सम्पूर्ण शक्ति, स्रोत र ध्यान स्वास्थ्यसेवाको सुदृढिकरणका साथसाथै अभाव र विपन्नताका कारण कष्टप्रद र सकसपूर्ण जीवन गुजारिरहेका विपन्न , न्यून आयबर्ग र श्रमजिवी जनताको जिवनयापन र दैनिकि सहजिकरणमा केन्द्रीत होस भन्ने हाम्रो जोडदार आग्रह छ ।’

विद्यार्थी संगठनहरुले वर्तमान अवैधानिक ओली सकारलाई तत्काल भंग गरी नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि सुरु भएको प्रक्रियालाई पूर्णता दिँदै वैकल्पिक सरकार गठन गर्दै प्रतिनिधिसभालाई सुचारु गराउन माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published.