कांग्रेस नेता खड्काद्वारा चुलाचुलीमा नि:शुल्क एम्बुलेन्स सेवा सन्चालन , माङसेबुङमा स्वास्थ्य सामग्री हस्तान्तरण

कांग्रेस नेता खड्काद्वारा चुलाचुलीमा नि:शुल्क एम्बुलेन्स सेवा सन्चालन , माङसेबुङमा स्वास्थ्य सामग्री हस्तान्तरण


चुलाचुली : नेपाली कांग्रेस युवा नेता एबम समाजसेबी डम्बर खड्काले चुलाचुली गाँउपालीकामा निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरेका छन । कोभिड १९ संक्रमित बढीरहेको समयमा बिरामीलाई अस्पताल सम्म पुर्याउन एम्बुलेन्स अभाव रहेकाले उनले यो सेवा सन्चालनमा ल्याएका हुन ।खड्काले चुलाचुलिमा एम्बुलेन्स आवश्यकता रहेको खबर पाएसँगै नेपाली कांग्रेस चुलाचुली गाँउपालिका कार्यसमितिको मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी प्रदान गरेका हुन । उनले नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर आफुले निशुल्क एम्बुलेन्स सेवाका लागि गाडी उपलबध गरेको बताएका छन् ।

बुधबार एक कार्यक्रमका बिच खड्काले चुलाचुली गाउँपालिकाको कांग्रेस पार्टी कार्यलयमा बोलेरो गाडीसंगै २ थान अक्सिमिटर, पिपि सेट ४ थान, सेनिटाईजर १० बोतल, माक्स २ हजार थान लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन । उक्त गाडीले बिरामीहरूलाई निशुल्क सेवा प्रदान गर्ने नेपाली कांग्रेस चुलाचुली गाँउपालिका उपसभापति नरेन्द्रकुमार वान्तवाले जानकारी दिए । चुलाचुलीका नगरिकलाई हरेक दुख सुखमा साथ सहयोग दिने गरेका नेता खडकाले गत बर्षको महामारीमा समेत चुलाचुली गाँउपालिका मार्फत पिपि सेट , माक्स , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

यस्तै पछिल्लो समय अत्याधिक संक्रमित बढेको इलामको कर्णली मानिने माङसेबुङ गाउपालिकामा समेत पुगेर नेता खडकाले १८०० थान माक्स ,सेनिटाइजर २ ग्यालेन १०लिटर, बाफलिने बेन्स २ सेट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सुवेदीलाई हस्तान्तरण गरेका छन । नयाँबुल्न्दबाट