इलामको माङसेबुङका वडा सदस्यको मोटरसाइकल दुर्घटना मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

इलाम : मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका ४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ । बुधबार दिउँसो अन्दाजी ४ बजे मे। ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका ४ का वडा सदस्य समेत रहेका ३६ वर्षीय राईको झापाको विएण्डसी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलबाट घरतर्फ आउँदै गरेका राई दमक रवि सडक खण्ड अन्तरगत रतुवा पुल नजिक अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १ सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि विएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.