इलाम र झापाका सातवटा चिया बगानको स्वामित्व फिर्ता गर्न स्थानीय पालिकाहरुले पहल थाले

  • 67
    Shares
इलाम र झापाका सातवटा चिया बगानको स्वामित्व फिर्ता गर्न स्थानीय पालिकाहरुले पहल थाले

फिक्कल: सरकारले भारतको त्रिर्वेणी संघाई ग्रुपलाई ५० बर्षका लागि लिजमा दिएको इलाम र झापाका सातवटा ऐतिहासिक चिया बगान फिर्ता लिन इलाम र झापाका छ वटा पालिकाले संयुक्त रुपमा पहल थालेका छन् । इलामको सूर्योदय नगरपालिकाको पहलमा सोमबार सूर्योदय नगरपालिकामा भेला भएका झापा र इलामका स्थानीय तहका प्रमुखले दुईबुँदे माग गर्दे चिया बगान फिर्ताको माग गरेका हुन ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई ,मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, माई नगरपालिकाका प्रमुख दिपक थेवे, बुद्धशान्ती गाउँपालिकाका अध्यक्ष रमेश भूजेल , बाह्दशी गाउँपालिकाका अध्यक्ष खड्ग प्रसाद राजबंशीले ऐतिहासिक चिया बगान फिर्ता लिन माग गर्दे संयुक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।
निर्णय अनुसार २०५७ साल असार १४ गते तत्कालिन सरकारको अर्थमन्त्रालय र नेपाल चिया बिकास निगम बिच भएको सम्भौता खारेज गर्न संघीय सरकारलाई सरकारलाई आग्रह गर्दे सातवटै चिया बगान स्थानीय तहको मातहतमा संचालन गर्न पाउनु पर्ने माग गरिएको छ ।
यस्तै सम्भौता हुँन उल्लेख गरीएको सरकारलाई बुझाउनु पर्ने सबै किसिमका कर साउन मसान्त भित्रमा बुझाउन पत्राचार गर्ने निर्णय गरिएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।२०५७ सालमा ५० बर्षका लागि भनेर दिएको चिया बगानको स्वामित्व फिर्ता गर्न इलाम नगरपालिकाले यस अघि नै निर्णय गरी मन्त्रालयमा पठाई सकेको छ ।
इलाम नगरपालिकाको पुरानो इलाम चिया बगान ( १३४.७१ एकड), सूर्योदय नगरपालिकाको कन्याम चिया बगान ( ५३४.७१ एकड), माई नगरपालिकाको सोत्तीम चिया बगान( २४० एकड), माईकै चिलीमकोट चिया बगान ( १ हजार एकड) , मेचीनगरको टोक्ला चिया बगान(८३१.२१ एकड)बुद्धशान्तिको बर्ने चिया बगान ( २०५४ एकड) र बाह्दशीको गाउँपालिकाको बाह्दशी चिया बगान(४०१.२१ एकड) गरी ४१ ह्जार ३ सय २४ रोपनी क्षेत्रफलमा रहेका चिया बगान फिर्ता गर्न माग गरिएको छ ।
नेपाल चिया बिकास निगमको स्वामीत्वमा रहेका यी बगमा भारतको त्रिर्वेणी संघाई ग्रुपले २०५४ सालमा लिजमा लिए यता नेपाल सरकारलाई तिर्नु पर्ने सम्पती कर र ब्यवसायीक कर हाल सम्म नतिरेको स्थानीय पालिकाले दावी गरेका छन् ।
स्थानीय पालिकाले संघाइृले चिया बगान मास्ने मात्र काम गरेको आरोप लगाउदै आएका छन् । पालिकाहरुले संघाईले स्थानीय पालिका संघ संघाइृले कुनै समन्वय नगर्ने , नियम कानुन पालना नगर्ने , श्रम ऐन कार्यान्वयन नगर्ने , बिमा , सडक निर्माण , बिद्युतीकरण जस्ता कुरामा वास्ता नगर बगान रुख्याउने मात्र काम गर्दे आएकाले संघाईबाट लिज फिर्ता गर्न संघीय सरकारले पहल गर्नु पर्ने माग गर्दे आएका छन् ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले चिया बगानका बिषयमा संघीय सरकारले बेवास्त ागर्ने गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘राज्यको सम्पती बिदेशी एउटा कम्पनीले दोहन गर्दा पनि संघीय सरकार मौन बस्नुमा शंका गर्ने ठाउ छ । ’ संघीय सरकारलाई बगान फिर्ता लिनका लागि पहल गर्न आग्रह गर्दै आचायले उक्त सम्झौता भंग गरी स्थानीय तहको मातहतमा बगान संचालनको वातावरण बनाउन आग्रह गर्नु भयो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले चिया बगान फिर्ता नलिने हो भने नाम निसाना हराउने परिस्थिति आएको बताउनु भयो । उहाले भन्नु भयो ‘ बगानको संरक्षण नगर्ने दोहन मात्र गर्ने हो भने चिया बगानको अस्थित्व रहदैन ।’
पालिकाहरुले संघीय सरकार बुझानु पर्ने र स्थानीय सरकारलाइृ बुझाउनु पर्ने २५ प्रतिशत राजस्ज बुझाउन तत्काल पत्राचार गर्ने भएका छन । बगान आसपास बिकास निर्माणका काम गर्दा स्थानयि तह र संघाई बिच पटक पटक बिवाद भए पछि अदालत सम्म मुद्धा पुग्दै आएको छ ।
संघाई ग्रुपले भने स्थानीय पालिकाहरुले सम्झौता बिपरित चिया बगानमा बिकासका काम गर्दा चिया नष्ट गरेकाले त्यसको क्षतीपुतर््ी बापतको रकम नै बुझाउनु पर्ने कर भन्दा बढी भएको दावी गर्दे आएको छ ।