सजिलो र उज्यालो रोङको अभियान पुरा गर्छौ : अध्यक्ष शम्शेर राई

  • 869
    Shares
सजिलो र उज्यालो रोङको अभियान पुरा गर्छौ : अध्यक्ष शम्शेर राई

इलामको प्रवेशद्धारको रुपमा रहेको रोङ गाउँपालिका भएर मेची राजमार्ग पार गर्दछ । भारत संग सीमाना जोडीएको यो गाउँपालिका झापा संग सीमाना जोडीए पनि भौगोलिक रुपमा निक्कै बिकट छ । भौगोलिक बिकटताका कारण नै रोङको बिकास निर्माणमा पनि निक्कै कठिनाई छ । साविकका कोल्बुङ, जिर्मले, इरौटार र शान्तिपुर गाउँ बिकास समिति मिलाएर रोङ गाउँपालिका घोषणा गरिएको थियो । १५५ दशमलब २ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ४२५६ घरधुरीमा २० हजार १४ जना ( २०४८ को जनगणना अनुसार) जनसंख्या रहेको छ । त्यसमा १ हजार ९६ जना लोपउन्मुख लाप्चा जातिको बसोबार रहेको छ । कृषिलाई मुख्य ब्यवसायका रुपमा अंगालेका यहाका किसान कृषि कर्ममै तल्ललीन हुन्छन । पर्यटकीय धार्मीक, बिभिन्न जातजातीको संस्कृतिले भरीपूर्ण यो गाउँपालिका तराईबाट गर्मी छल्नका लागि पुग्ने सबै भन्दा नजिकको स्थान पनि हो । नेपाली कांग्रेसको तर्फवाट बिजयी गाउँपालिका अध्यक्ष शम्शेर राई संग गरीएको कुराकानीः

नामः शम्शेर राई (अध्यक्ष)
उमेरः ४८ बर्ष
शिक्षाः स्नातक

हाल के मा ब्यस्त हुनुहुन्छ ?
म अहिले सामान्यतया कोरोना संक्रमण बढेकाले जनताको स्वास्थ्य सुरक्षा र नयाँ योजना कार्यान्यवयनको तयारीमा काम गरीरहेको छु ।

:निर्वाचित भएर आए पछि चार बर्षको अवधिमा के के गर्नु भयो ?
काम थुप्रैै गरिएको छ । भौतिक रुपमा देखिने र नदेखिने काम । निर्वाचित भएर आउदै गर्दा स्थानीय सरकार संचालन गर्ने बिधिहरु नै थिएनन । स्थानीय सरकारले ल्याएका बजेट कार्यक्रम कार्यान्वयन गर्ने कानुनहरु थिएनन । आवश्यक पर्ने ऐन , कानुन कार्यविधि , निर्देशिका सबै निर्माण गरेका छौ । ती बाहेका आवधिक योजना निर्माण गर्ने , स्थानीय सरकार संचालनका लागि आवश्यक पर्ने डकुमेन्ट तयार गरीसकेका छौ । अर्को कुरा भौतिक बिकासको पाटो हो । हामी सपथ ग्रहण गर्दे गर्दा गाउँपालिकाको तीनवटा कोठा मात्र थियो । अहिले सुविधा सम्पन्न भवन बन्दै छ । हिजो हामीले कुना कुनामा हिडेर भोट मागेका थियौ, अहिले ती ठाउँमा गाडी पुग्छ । स्थानीय उत्पादनको बजारीकरणमा समस्या थियो । त्यो अहिले हल भएको छ । हामी आउदै गर्दा माध्यमिक तहका बिद्यालयमा जम्मा ७ जनाको दरबन्दी थियो, हामीले दरबन्दी मिलान गरेर कम्तीमा १२ जना पुरयाएका छौ । सबै वडामा खोप केन्द्र र स्वास्थ्य चौकी पु¥याउने काम गरेका छौ ।

तपाईएको कार्यकालमा प्रत्यक्ष अनुभुती गर्ने गरी जनाताले के पाए ?
धेरै कुरा पाए । स्टेचरमा बिरामी बोक्नु पर्ने बाध्यता अव छैन । टोल सम्म यातायत पुगेपछि सहज भएको छ । कृषिको आधुनिकीकरणमा हामीले सबै भन्दा बढी काम गरेका छौ । सबै किसानका घर घरमा च्यापकटर पु¥याएका छौ । बारी जोत्न गोरु नै खोज्नु पर्ने अवस्था अव छैन । स्वास्थ्य चौकी तिर फर्केरै नर्हेने अवस्था थियो, फर्केरै नहेरी शहर धाउनु पर्ने अवस्था थियो । आज त्यस्तो अवस्था छैन । जनशक्ति , औषधी उपकरणको पर्याप्त ब्यवस्था गरेका छौ । यी कुरालाई लिने कस्ले कसरी भन्ने हो । तर, प्राती धेरै भएका छन् ।

भौगोलीक हिसावले रोङ गाउँपालिका इलामकै बिकट देखिन्छ , कतिपय वडाकार्यालय जान झापाबाट मात्र पुगिन्छ । सडक संजालले कसरी जोडीरहनु भएको छ ?
हामीले दुईवटा प्रतिबद्धता पत्र बनाएर आएका थियौ ।सजिलो रोङको अभियान र अर्को उज्यालो रोङको अभियान गरी तीन बर्षे योजना बनाएका थियौ । हाम्रो टिम आउदै गर्दा गाउँपालिकाको ६० प्रतिशत भूगोलमा पनि बिजुलीको उपलब्धता थिएन । हामीले ४ बर्षमा त्यसलाई १०० प्रतिशत अर्थात अव अध्यारोमा बस्नु कसैले नपर्ने बनायौ । त्यसमा पनि काठका पोल बिस्थापित गरीसकेका छौ । अर्को बाटोको कुरो । रोङ गाउँपालिका भूगोको हिसावले अत्यान्त कठिन छ । तर अव त्यो जटिलताको महसुस गर्नु पर्दैन । ६ वटा वडालाई मुख्य कार्यालय सम्म हिउद बर्खै सडकले जोडने अभियान थियो । वडा नम्बर १ र २ मा अध्यान्तै जटिल पहरो फोर्दै छौ । हामी जादाजादै चै सबै वडामा सहज सडक संजाल निर्माण गरी सकेर मात्र जान्छौ ।

गाउँपालिकाको बिकासमा अहिले सम्मका अप्ठयारा के देख्नु भयो ?
गाउँपालिकाको भौतीक पूर्वाधार निर्माणका लागि रोङको भूगोल नै चुनौती हो ।अधिकांश भाूगोल चुरे क्षेत्रमा छ ।चुरे जोडीएर बनीएको अलि बिकट भूगोल भएका कारण भौतिक बिकास निर्माणमा समय समेत लाग्ने भएकाले यो चै चुनौती हो । अन्य अप्ठयारो छैन ।

अव लामो समय तपाईको कार्यकाल छैन तपाईले छोडदै गर्दा गाउँपालिका कस्तो बन्छ ?
पहिलो बर्ष सोध्दा जे भनेको थिए । म आज पनि त्यहि भन्छु । पाँच बर्षे कार्यकाल सम्पन्न गरे छोडेर जादै गर्दा यो गाउँपालिका हिजोको शुन्य अवस्थाबाट परिवर्तन भएर छलाङ मार्छ । त्यो छलाङ कस्तो भने गाउँपालिका बसोबास योग्य बन्छ । बाटाघाटा नहुँदा बस्ती बिस्तार कमजोर बन्दो रहेछ । हिजो यहाँबाट बसाँई सरेर जान्थे भने आज झापाबाट आएर घडेरी किन्ने परिस्थिति बनेको छ । मैले यो गाउँपालिकाई छोडेर जादा दुईवटा कुरा छोडेर जान्छु भनेको थिए । बिकास निर्माणको प्लेट फम, अर्को बिकास निर्माणको लागि चाहिने काजगी डकुमेन्ट । यी कुरा भएपछि पछि जो आए पनि काम एउटै रफतारमा जाने हो नी ।

प्रत्यक्ष देखिने गरी अर्थात ठूला योजना कति संचालन भए ?
आवश्यक्ता अनुसारका ठूला योजना भनौ । बिद्युतीकरणका सबै काम सक्ने, प्राधिकरण संग पालिका यहाबाट निर्वाचित सांषद सबै लागेर त्यो योजना सम्पन्न गरेका छौ । त्यसमा करोडौ रुपैया खर्च भएको छ । बाटाघाटाका योजना सम्पन्न गर्न ठूलो रकम खर्च हुँदो रहेछ । केन्द्र संगको समपुरक योजना हामीले दोस्रो बर्षबाटै प्राप्त गर्न सफल भयौ । मुख्य प्राशासनिक कार्यालय जोड्ने ६ वटा योजनाको ५९ किलोमिटर बाटो छ त्यसमा मात्र ६ करोड बढी लगानी भएको छ । प्रदेश संगका समपुरक अनुदानका कार्यक्रम पनि हामीले संचालन गरेका छौ । ५९ किमी मध्ये अव २ किमी सक्न वाँकी छ । अर्को मुख्य काम बिषेश अनुदान प्रस्ताव ग¥र्यौ र यो लाप्चा जातिको बृति बिकासका लागि काम गरेका छौ । लाप्चा जातिको बसोबास स्थल सम्म सडक बिजुली लगेका छौ , अर्को शिक्षा र जनचेतनामा काम भयो । लाप्चा जातिको अध्ययन शुरु गर्न पुस्तक प्रकासन भयो । लापचा जातिको म्युजियम बन्दै छ । यो इतिशास सम्म रहने कुरा हो ।

पाथीभरा मन्दिर लगायतका धार्मीक पर्यटकीय स्थल यहि छन । पर्यटन प्रर्वधनका क्षेत्रमा के गर्दे हुनुहुन्छ ?
हामीले दुईवटा गुरु योजना बनायौ । एउटा पाथिभरा तीर्थ स्थलको गुरुयोजना बनाई प्रदेशमा पेश भए अनुसारको बजेट आएको छ । त्यो कार्यान्वयनको चरणमा छ । अर्को हामीले २९ किलोमिटर साईकिल्ङ रुट सहितको पद मार्ग निर्माण थालेका छौ। झापाको पाटापुर देखि ब्युटी बोर्डर हुँदै अर्थात ८ किलोमिटर इन्डिया संग जोडीएको क्षेत्र हुँदै , सलकपुर रम्भयाङ, हल्लने , पाथीभरा मन्दिर र कन्याम सम्म पुग्छ । यसको अधिकांश काम सकिएको छ । हर्कटेबाट झण्डी डाँडा सम्म साईक्लिङ शुरु भएको छ । पर्यटनका काम धेरै गर्न वाँकी छ । वडा नम्बर ५ मा किरात सांस्कृतक पार्क बनाउने तयारी छ । हिजो देवान राजाहरुले राज्य गरेको यो क्षेत्रमा १ सय रोपनी जमिनमा पार्क बन्ने छ । झापाबाट सबै भन्दा नजिक रहेको स्वागत्म झरनाको बिकासको काम गर्दै छौ । मुख्यतय लाप्चा संस्कृतिमा आधारित होमसटे संचालनको लागि काम भैरहेको छ ।
गाउँपालिकाका अधिकांश ब्यक्ति कृषिमा आत्मनिर्भर छन्, कृषिको बजारीकरण कसरी गर्दे हुनुहुन्छ ?
कषि क्षेत्रमा हामी अलिक फरक तरिकाले लगेका छौ । कृषिमा साच्चै क्रान्ति गर्नका लागि उत्पादनमा बृद्धि गर्नु पर्छ । उत्पादन बृद्धि गर्नका लागि प्रविधि संग जोडिनु पर्छ । उन्नत जात र यान्त्रीकरणमा ध्यान पुग्नु पर्छ । बिशेषगरी पकेट क्षेत्र बनाएर उत्पादनलाई बृद्धि गर्ने योजनामा काम भैरहेको छ । अन्न, अलैँची , मौरी बाख्रा गरी प्रत्येक वडामा एउटा पकेट क्षेत्रका रुपमा काम भएको छ । उत्पादन बढाउनका लागि साना सिंचाई कार्यक्रम समझेदारीमा संचालन गरीएको छ । उत्पादन मात्र गरेर भएन , बजारीकरण मुख्य कुरा हो । बजारीकरणका लागि अर्गानिक उत्पादन देखिका कुरामा ध्यान दिनु पर्ने रहेछ । बजारको खोजी गर्ने सम्मका काम हामी गरीरहेका छौ ।

प्रदेश र संघीय सरकार संग कसरी समन्य गरेर काम गरीरहनु भएको छ ?
समन्वय भएर नै काम भएको छ । बिधिले पाउनु पर्ने जति हामीले पाएका छौ । केन्द्रबाट समपुरक , बिषेश अनुदान आएको छ । प्रदेश सरकारको यस गाउँपालिकामा समपुरक अनुदान बाहेक अरु केहि छैन । दुईवटा मुख्यमन्त्री ग्रामिण सडकमा बजेट आएको त्यो पनि अलपत्र जस्तै छ । यो बाहेक प्रदेश र संघीय सरकारले त्यस्तो बिषेश कार्यक्रम दिएको छैन । अन्य काम कुरामा समन्वय छ ।

यो चार बर्षको अवधिमा तपाईका घोषणापत्र पुरा भए त ?
८० प्रतिशत बढी पुरा भए । प्रतिबद्धता अनुसार नै काम भैरहेको छ । अझ यो बर्ष वाँकी छ । मलाई लाग्छ सतप्रतिशत पुरा हुन्छ । अव नयाँ योजना बारे छलफल गर्दै छौ । जति सक्दो नागरिकले सहज रुपमा सेवा पाउन भन्ने हो ।
पलिकाहरुमा कर्मचारी नियुक्ती देखी साना साना कुरामा चरम राजनीति भैरहेको हुन्छ । तपाई त्यसमा कतिको अल्झीनु भयो ?
देख्नेको देखाई र मान्छेको बुझाई फरक पर्छ । कर्मचारीको नियुक्ती योग्यता क्षमताले गर्ने हो । पार्टीगत रुपमा म अर्को आँखाले हेर्दीन । नियुक्ती गरेर मात्र हुन्न । उसले काम देखाउन सक्नु पनि पर्छ नी । काम गर्न सकेन भने अनि नियुक्ती गर्नेलाई तनाव हुन्छ । कतिपय कुरामा अहिले पनि हामी सर्वदलीय टिम राखेर छलफल गराउछौ । हामी यसमा बिभेद गर्दैनौ ।

अनि गाडी खरि गर्ने त होडबाजी नै छ । तपाईले त आफु गाडी नकिनी दुईवटा बस स्कुललाई दिनु भयो । एउटा भएको पिकअप कोरोना नियन्त्रणमा खटाउनु भएको छ । यो कसरी सम्भव भयो ?
म कस्तो ठाउमा प्रतिनिभित्व गर्दे छु भन्ने हेर्नु पर्छ । सवारी साधन हुँदा थप काम गर्न सकिन्छ भने त्यो नराम्रो होईन । तर , रोङ गाउपालिकमा एक ठाउबाट अर्को ठाउँ पुग्न गाडी सहजै सक्ने अवस्था थिएन । यहाँको भूगोल अनुसार मोटरसाईकल ठिक छ । अर्को कुरा म आफै पूर्व शिक्षक भएको नाताले शिक्षा क्षेत्रमा केहि गरौ भनेर सडक छेउका दुईवटा बिद्यालयलाई बस किनीएको हो । सरकारी बिद्यालयको प्रतिष्पर्धा बढाउनका लागि हो । जनप्रतिनिधि भन्दा जनताको छोराछारीले गाडी चढुन र शिक्षा आर्जन गरुन भन्ने उद्देश्य हो । अनि आमीले एउटा जेसीबी खरिद ग¥यौ, त्यसले ग्रामिण क्षेत्रमा ढुवानीको काम जस्तै , तेल बोक्ने काम गर्दैछ । सधै भाडामा चलाउदा पनि बढी खर्चीलो हुदो रहेछ । सडक निर्माणमा पनि आफनै जेसीबी हुँदा सहज भएको छ । एउटा पीकअप छ त्यस्ले औषधी बोक्ने , कोभिडका बिरामी बोक्ने काम गरीरहेको छ ।

कोरोनाको अवस्था के छ र न्यूनिकरणका लागि के गर्दे हुनुहुन्छ ?
कोरोना नियुनिकरणमा हामीले शुरु देखि धेरै प्रयत्न गरेका हौ । इलाम जिल्लामा हामीले सबै भन्दा बढी क्वारेन्टाईन संचालन ग¥यौ । त्यो क्वारेन्टाईन संचालन गरिन्जेल समुदायमा कोरोना फैलिएको थिएन । सरकारको होम क्वारेन्टाईन भन्ने निर्णय पछि समुदायमा कोरोना फैलिएको हो । मान्छे अहिले कोरोना संग डराउन पनि छोडे । अहिले समुदाय स्तरमा कोरोना फैलिएको छ । तेस्रो लहरलाई छेक्नका लागि हामी पूर्व तयारी गर्दे छौ । बजेटको ब्यवस्था गरी सकेका छौ । अव अहिले तेस्रो चरणको कोरोनाको त्रास बढी रहदा हामी सम्पूर्ण वडामा ६० बर्ष माथिका नागरिकको स्वास्थ्य प्रोफाईल बनाउदै छौ । यसले दिर्घ रोगी अपाङ्गता भएका सबैको विवरण थाहा हुन्छ । जहा संक्रमण फैलन्छ त्यहा स्वास्थ्यकर्मी पुग्न सक्ने वातावरण बनाउदै छौ । भारत संग सीमाना जोडीएको ८ किलोमिटर क्षेत्रमा उच्च सर्तकता अपनाएका छौ । बेरोजगार फारम भर्नु भएका शिक्षित साथीहरुलाई कोरोना सचेतना र न्यूनीकरणमा खटाएका छौ ।
गोरखापत्र दैनिकका लागि प्रेम अधिकारीले गर्नु भएको कुराकानी गोरखापत्र दैनिकबाट साभार