‘विश्वासको मत पाउने, नपाउने मुख्यमन्त्रीकै टिममा निर्भर’ : निवर्तमान मन्‍त्री मगर

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने, नपाउने आफ्नै टिममा निर्भर रहेको बताएका छन् ।मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने, नपाउनेबारे राजनीति वृतमा चर्चा चलिरहेको बेला सोमबार गृहजिल्ला इलाम आइपुगेका निवर्तमान मन्त्री मगरले सो कुरा बताएका हुन् । पार्टी एकताका लागि सल्लाह गरेर नै शेरधन राईले राजिनामा दिएर आचार्यलाई मुख्यमन्त्रीमा चयन गरिएको बताउँदै निवर्तमान मन्त्री मगरले विश्वासको मत पाउने, नपाउने भन्ने मुख्यमन्त्रीकै टिममा निर्भर रहेको बताए ।

‘हामीले नेकपा एमाले एकताका लागि सल्लाह अनुसार नै उहाँलाई मुख्यमन्त्री चयन गरेका छौं । संविधानत विश्वासको मत लिनुपर्छ’ निवर्तमान मन्त्री मगरले संचारकर्मीहरुसँग भने, ‘हामीले टिमको ३३ मत दायाँबायाँ नभई दिन्छौं भनेका छौं, उहाँको टिममा १८ जना हुनुहुन्थ्यो । त्यहाँबाट बहुमत पुर्याउने जिम्मा उहाँकै हुनेछ ।’निवर्तमान मन्त्री मगरले विभिन्न सञ्चारमाध्यममा पछिल्लो समय आएको समाचारअनुसार मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिन त्यति सहज भने नभएको स्वीकार गरे । ‘समाचारमा आएजस्तो नै हो भने मुख्यमन्त्रीलाई विश्वासको मत लिन त्यति सहज छैन । यदि विश्वासको मत प्राप्त नभएपनि त्यसलाई स्वभाविक प्रक्रियाका रुपमा लिनुपर्छ ‘ उनले भने ।

माधव नेपाल निकट रहेका एमाले सचिव आचार्य पार्टी विभाजनपछि कित्ता परिवर्तन गर्दै एमालेमा बसेर बहुमत प्राप्त दलको नेताको हैसियतमा विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।संविधानको धारा १६८ ९१० अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धाराअनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन गरिएको थियो । संविधानको धारा १८८ ९२० अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँबुलन्दबाट

Leave a Reply

Your email address will not be published.