इलाम कांग्रेसका युवा नेता डम्बर खड्काद्धारा प्यानलसहित सभापतिमा उम्मेद्वारी घोषणा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति


युवा माझ पपुलर बन्दै खड्का

इलाम : कांग्रेस नेता डम्बर खड्काले नेपाली कांग्रेस इलामको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए ।

खड्काले जिल्ला सभापतिसहित प्यानलै घोषणा गरेका छन् । खड्काको टिमबाट क्षेत्र नम्बर १ को सभापतिमा भीष्म प्रधान र २ बाट मनबहादुर बुढाथोकीले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश निर्वाचन क्षेत्रीय सभापतिमा भने खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छैन ।

त्यस्तै, पालिका सभापतिमा समेत खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छ । इलाम नगरपालिकामा अमृतकुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनामकाजी लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान, माङसेबुङ्गमा अम्बरबहादुर राईले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

बाँकी पालिकामा सहमतिको प्रयास भइरहेकाले अहिले सभापतिको उम्मेद्वार घोषणा नभएको खड्काले जानकारी दिए । सहमति नभए आफ्नो टिमबाट उम्मेद्वारी दिने उनको भनाइ छ । जिल्ला समितिको अन्य पदाधिकारीमा मातहतको कमिटीको निर्वाचन भइसकेपछि उम्मेद्वारी घोषणा हुने बताइएको छ ।

खड्काले आफूले पहिलो चरणमै सभापति जित्ने दाबी गरे । ‘पहिलो चरणमै ५१ प्रतिशत आउँछ,’ उनले भने, ‘मलाई सभापति चाहने धेरै प्रतिनिधि आएका छन् ।’ इलामका ८१ वडाभध्ये ५२ वडा सभापति आफ्नो आफ्नो पक्षमा रहेको खड्काको दाबी छ ।

इलाममा कांग्रेसको सभापतिका लागि चारजना आकांक्षी छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्मचार्य, पूर्वसभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । बाँकी तीनजनाले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् ।
नेता खड्का राजनीति संगै सामाजिक कार्यमा सक्रिय छन् । उनले असाहय , गरिबलाई सहयोग गर्दै आएका छन । उनले कोरोना महामारीमा पनि जिल्ला भर रहात बितरण गरेका थिए । नेता खड्का युवा माझ लोकप्रिय छन । धेरै जसो क्षेत्रीय प्रतिनिधि समेत युवा नै आएका छन् ।

Leave a Reply

Your email address will not be published.