कांग्रेसको सूर्योदय नगरसभापतिमा ३ जना भिड्दै

  • 2
    Shares
कांग्रेसको सूर्योदय नगरसभापतिमा ३ जना भिड्दै

फिक्कल: नेपाली कांग्रेसको सूर्योदय नगरसभापतिमा त्रीपक्षीय भिडन्त हुने भएको छ । २७ गतेका लागि निर्धारित अधिवेशन नजिकिदै गर्दा नगर सभापतिमा हालसम्म ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा जीवन कुमार नेपाल , सोनामछिरिङ काजी र मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् ।
इलामको जिल्ला सभापतिमा चार जना आकाक्षी छन् । ती मध्ये डम्बर खड्काले औपचारिक रुपमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् । हिमालय कर्मचार्य, केशव थापा र भेषराज आचार्य जिल्ला सभापतिका आकाक्षी हुन् ।सूर्योदय नगर सभापतिका आकाक्षी मध्ये सोनाम छिरिङ काजी जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् ।

त्यस्तै जिल्ला सभापति दोहो¥याउन चाहेका बर्तमान पार्टी सभापति हिमालय कर्मचार्यको लाइनबाट जीवन कुमार नेपाल , कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका पूर्व मन्त्री केशव थापाको टिमबाट उमेर्द्वार देखिएक‍ा छैनन् । महासमिति सदस्य भेषराज आचार्य टिमबाट मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेका छन
दुई उपसभापति हुने नगरमा अहिलेसम्म तरुण दल सूर्योदयका सभापति एंव वडा नम्बर ८ का सदस्य रमेश कुमार प्रधान र सूर्योदय नगरपालिका वडा नम्बर १ का सभापति ललित कुमार प्रधानको उम्मेद्वारी सार्वजनिक भएको छ ।स्तै सचिवमा पनि हालसम्म ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । सचिवमा अनुप राई ,टि आर ढुङगाना र सुशील ढुङगेलले उम्मेद्वारी सार्वजनिक गरेका छन् ।

जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।