कांग्रेसको माई नगर सभापतिमा तीन जना बिच प्रतिष्पर्धा हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल : नेपाली कांग्रेसको माई नगरसभापतिमा त्रिपक्षीय भिडन्त हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा नगर सभापतिमा हालसम्म ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा पुष्प गिरी, हेम बहादुर लिम्बु र एन्जेस एक्तेनले उम्मेद्वारी घोषणा गरेका हुन् ।
इलामको जिल्ला सभापतिमा चार जना आकाक्षी छन् । ती मध्ये डम्बर खड्काले औपचारिक रुपमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् । हिमालय कर्मचार्य, केशव थापा र भेषराज आचार्य जिल्ला सभापतिका आकाक्षी हुन् ।
माई नगर सभापतिका आकाक्षी मध्ये हेम बहादुर लिम्बु जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् । केहि दिन अघि सदरमुकाममा खड्काले पत्रकार सम्मेलन गर्दे लिम्बु आफु निकट उम्मेद्धार भएको जानकारी दिई सक्नु भएको छ ।
पुष्प गिरी र एन्जेस लिम्बु कांग्रेसका महासमिति सदस्य भेषराज आचार्य टिमका मानिन्छन । एन्जेसले शनिबार सम्ममा आफनो उम्मेद्धारी फिर्ता लिने कांग्रेस नेताहरुले दावी गरेका छन् । जिल्ला सभापति दोहो¥याउन चाहेका बर्तमान पार्टी सभापति हिमालय कर्मचार्यको लाइनबाट माई नगर सभापतिमा हाल सम्म कसैको उम्मेद्धारी घोषणा भएको छैन ।
कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका पूर्व मन्त्री केशव थापाको टिमबाट पनि माईमा उम्मेद्धारी घोषणा भएको छैन । उपसभापति , सचिव र सह सचिवका सबै पदमा उम्मेद्धारी घोषणा भैसकेको छैन ।
जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।

Leave a Reply

Your email address will not be published.