कांग्रेसको देउमाई नगर सभापतिमा ३ जनाको भिडन्त हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

फिक्कल: नेपाली कांग्रेसको देउमाई नगर सभापतिमा त्रीपक्षीय भिडन्त हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा नगर सभापतिमा हालसम्म ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा भुवानी राम राई , दिलिप कार्की र कृष्णराज बरालले उम्मेद्वारी घोषणा गरेका हुन् ।
नगर सभापतिका उम्मेद्धार मध्ये भुवानी राम राई पूर्व पार्टी सभापति केशव थापा निकट हुन । त्यस्तै दिलिप कार्की महासमिति सदस्य भेषराज आचार्य निकटका हुन भने कृष्णराज बराल सभापतिका उम्मेद्धार डम्बर खड्का निकटका हुन । राई देउमाई नगरपालिका २ र कार्की ५ नम्बर वडाका वडाध्यक्ष हुन । त्यस्तै बराल कांग्रेसका स्थानीय पुराना नेता हुँन ।
बर्तमान पार्टी सभापति हिमालय कर्मचार्य टिमले देउमाईमा उम्मेद्धारी नदिने बुझिएको छ । स्थानीय नेताले पार्टी सभापति कर्मचार्यको टिमले जता सघाउछ उसैले नगर सभापति जित्ने दावी गरेका छन् ।
इलामको जिल्ला सभापतिमा चार जना आकाक्षी छन् । ती मध्ये डम्बर खड्काले औपचारिक रुपमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् । हिमालय कर्मचार्य, केशव थापा र भेषराज आचार्य जिल्ला सभापतिका आकाक्षी हुन्
जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।

Leave a Reply

Your email address will not be published.