सुरेन पौडेलले उम्मेद्धारी घोषणा गरेपछि सूर्योदय नगर सभापतिका आकांक्षी ४ पुगे

  • 185
    Shares
सुरेन पौडेलले उम्मेद्धारी घोषणा गरेपछि सूर्योदय नगर सभापतिका आकांक्षी ४ पुगे

फिक्कल: सुरेन पौडेलले नेपाली कांग्रेसको सूर्योदय नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । १४औं नगर अधिवेशनमा पौडेलले सभापति पदमा आफ्नो दाबेदारी पेश गरेका हुन् । उनले आफुलाई समर्थन गरी निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधि समक्ष आग्रह समेत गरेका छन ।
पौडेलले नगर भित्र नेतृत्व परिवर्तनको आवश्यकता महसुस गरिएकाले सहज रुपमा नेतृत्व हस्तान्तरण गरिनु उपयुक्त हुने बताए ।उनले आफु निर्वाचित भएमा सबैलाई समेटेर पार्टी हीतमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
यस अघि नगर सभापतिमा जीवन कुमार नेपाल , सोनामछिरिङ काजी र मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेका छन ।
सूर्योदय नगर सभापतिका आकाक्षी मध्ये सोनाम छिरिङ काजी जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् ।त्यस्तै जिल्ला सभापति दोहो¥याउन चाहेका बर्तमान पार्टी सभापति हिमालय कर्मचार्यको लाइनबाट जीवन कुमार नेपाल , कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका पूर्व मन्त्री केशव थापाको टिमबाटपौडेलले उम्मेद्धारी घोषणा गरेका हुन । महासमिति सदस्य भेषराज आचार्य टिमबाट मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेका छन
दुई उपसभापति हुने नगरमा अहिलेसम्म तरुण दल सूर्योदयका सभापति एंव वडा नम्बर ८ का सदस्य रमेश कुमार प्रधान र सूर्योदय नगरपालिका वडा नम्बर १ का सभापति ललित कुमार प्रधानको उम्मेद्वारी सार्वजनिक भएको छ ।स्तै सचिवमा पनि हालसम्म ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । सचिवमा अनुप राई ,टि आर ढुङगाना र सुशील ढुङगेलले उम्मेद्वारी सार्वजनिक गरेका छन् ।

जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।