इलामको सूर्योदय सहित जिल्ला भर नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति


फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगर संयोजक सावित्रा शिवाको अध्यक्षता तथा नेकपा एकाले जिल्ला कमिटी अध्यक्ष राम रानाको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा पार्टीको भावी रणनीति र बर्तमान अवस्था बारेमा कार्यकर्तालाई प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा अध्यक्ष राना सहित प्रदेश सांसद काजीमान कागते, जिल्ला सदस्य याम सुवेदी, नरेश तामाङ, सूर्योदय नगरपालिका उप प्रमुख दुर्गादेबी भट्टराई, अनेरास्वबियू केन्द्रिय सचिवालय सदस्य रविन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर कमीटि संयोजक शिवाले निर्वाचित केहि जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा गए पनि नेकपा एमालेलाई कुनै असर नपर्ने बताउनु भयो । उहाले आगामी चुनावले नजिता देखाउने समेत बताउनु भयो । कार्यक्रममा एमाले कार्यकर्ता डम्बर कटुवालले नगर प्रमुखले फोन गरेर एमालेको कार्यक्रममा नजान धम्की दिएको अरोप लगाउनु भयो । गोर्खेका एमाले नेता मन बहादुर लिम्बुले नगर प्रमुखका स्वकीय सचिव दिपेश राईले कार्यक्रममा आउने गाडी समेत अवरुद्ध गर्न खोजेको आरोप लगाउनु भयो ।
कार्यक्रममा अध्यक्ष राना , सांसद कागते, युवा रविन्द्र नेता सुवेदी, नरेश तामाङ लगायतले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । उनीहरुले एमालेबाट अलग भएर केहि जनप्रतिनिधि अर्को पार्टी एकीकृत समाजवादीमा गए पनि धेरै असर नपर्ने दावी गरेका थिए । कार्यक्रममा करिव २ सय जनाको उपस्थिति रहेको थियो ।
सूर्योदय सहित नेकपा एमालेको आज इलामका नौ वटा पालिकमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले नगर कमीटि इलामको आयोजनामा एकदिने अगुवा कार्यकर्ता भेला जिल्ला समन्वय समीतिको सभा हलमासम्पन्न भयो । प्रदेश कमीटि सदस्य तथा पार्टी नेता मणि सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नगरका संयोजक धिरेन चेम्जोङ्गको अध्यक्षतामा भएको थियो। कृष्ण श्रेष्ठ , श्याम कृष्ण घिमिरे , मनराज जबेगु र छबि श्रेष्ठले मन्तब्य राखेका थिए । जिल्ला नेताहरु , नगर कमीटिका नेताहरु सहित करिब ४०० माथि अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको संयोजक चेम्जोङले जानकारी दिनु भयो ।
यस्तै देउमाई , माई नगरपालिका , माईजोगमाई , सन्दकपुर , फाकफोकथुम, चुलाचुली , माङसेबुङ गाउँपालिकामा समेत कार्यक्रम सम्पन्न भएको बुझिएको छ । रोङमा भने एमाले नेता तथा जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको कोरोनाका कारण आज मृत्यु भएपछि कार्यक्रम रोकीएको छ । नेकपा एमाले र एकिकृत समाजवादी पार्टी जनप्रतिनिधिले रोजेपछि दुबै पार्टीले आफना गतिविधि अगाडी बढाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published.