रोङ गाउँपालिकामा आज शोक बिदा

  • 2
    Shares
रोङ गाउँपालिकामा आज शोक बिदा

गोबिन्द पौडेल: ईलामको रोङ गाउँपालिकाले आज शोक बिदा दिएको छ ।वडा नम्वर ५ का सदस्य समेत रहेका जिल्ला समन्वय समितिका सदस्य चन्द्र बहादुर मगरको भदौ २५ गते कोभिडका कारण निधन भएकोले आज रोङका सबै कार्यालयमा शोक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईद्वारा हस्ताक्षरीत सुचनामा जनाईएको छ । ४२ बर्षिय मगरका एक छोरा एक छोरी श्रीमती रहेका छन् ।सक्रमणका कारण उनी तिनदिन अघि मात्रै झापाको बि एन्ड सी अस्पतालमा भर्ना भएका थिए ।उपचारकै क्रममा मगरको निधन भएको थियो