इलामका १० पालिकामा नेकपा समाजवादीले इन्र्चाज तोक्यो

प्रदेश नं. १ राजनीति

फिक्कल: नेकपा समाजवादी इलामले १० वटा पालिका र भातृ संगठनको इन्चार्ज तोकेको छ । आज जिल्ला कमिटिको भेलाले इन्चार्ज तोकेको हो । नेकपा एसले इलाम नगरपालिका इन्चार्जमा टेकबहादुर कटुवाललाई जिम्मेवारी दिएको छ । सूर्योदय नगरपालिकामा तारा नेपाल, माई नगरपालिकामा अनिल तामाङ र देउमाई नगरपालिकामा हरिवाला राईलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी माईजोगमाई गाउँपालिकामा जीतबहादुर निरौला, चुलाचुलीमा मुना शर्मा, माङ्सेबुङमा हर्क सावा, फाकफोकथुम गाउँपालिकामा सोम शर्मा, सन्दकपुरमा हरि लुङ्गेली र रोङ गाउँपालिकामा वृहस्पती खतिवडालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

युवाको इन्चार्जमा महेश तिवारी, विद्यार्थी इन्चार्ज मान बहादुर गुरुङ, किसानमा पुर्ण ढुङ्गाना, बुद्धिजिवि पुष्प ढुङ्गाना र महिला विभाग इन्चार्जमा सावित्रा गड्तौला रहेका छन् । नेकपा समाजवादीले आगामी १ महिनाभित्र १० वटै पालिकाका वडा तहमा संगठन विस्तार गरी पार्टीको गतिविधिलाई तिव्रता दिने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published.