नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दुर्गा कुमार बरालको उम्मेदवारी घोषणा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल: नेपाली कांग्रेसको १४ औं महाधिबेसनको पूर्व सन्ध्यामा इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा काग्रेसका नेता दुर्गा कुमार बरालले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ ।नेपाली कांग्रेसलाई सबैको साझा बनाउने लक्ष्यका साथ बरालले जिल्ला सभापति हिमालयन कर्माचार्यको सर्मथनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
बराल लामो समय देखि नेपाली कांग्रेसको क्रियासिल सदस्य रहि पार्टीलाई योगदान गर्दै आउनु भएको छ । बर्तमान क्षेत्रीय सभापति समेत रहेका नेता बराल ,जिल्ला सह( सचिव ,प्रदेश सभाको निर्वाचनमा ईलाम क्षेत्र नम्बर १ प्रदेश ९ख० बाट समेत निर्बाचनमा होमिसकेका छन् । उम्मेदवारी घोषणा गर्दै बरालले आफु क्षेत्रीय सभापति बनेमा कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढने प्रतिवद्धता जनाउनु भएको छ । उहाले वर्तमान पार्टी सभापति तथा जिल्ला सभापतिका उम्मेदवार हिमालय कर्मचायको टिमबाट उम्मेदवारी घोषणा गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.