नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा तरुणदल इलामका अध्यक्ष नरेश श्रेष्ठको उम्मेदवारी घोषणा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल: नेपाली कांग्रेसको १४ औं महाधिबेसनको लागि इलामको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा काग्रेसका युवा नेता नरेश श्रेष्ठले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ ।नेपाली कांग्रेसलाई गुट( उपगुपबाट संङलो बनाउन,गाउँमा भएका निष्ठावान काग्रेसलाई अझ सशक्त बनाउन ,काग्रेस भएकै कारण विभिन्न सेवा सुबिधाबाट बञ्चित हुनुपरेकोमा त्यस बिरुद्ध लड्न र काग्रेसलाई सबैको साझा बनाउने लक्ष्यका साथ श्रेष्ठले पूर्व जिल्ला सभापति एंव पूर्वराज्य मन्त्री केशव थापाको सर्मथनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
श्रेष्ठ २०४६ सालबाट बिधाथी राजनीतिबाट शुरु गरेर विभिन्न पदहरु नेबिसंघ बिधालय इकाई अध्यक्ष ,जिल्ला कोषाध्यक्ष ,नेबिसंघ केन्द्रीय संगठन बिभाग सदस्य ,नेपाली काग्रेसको ११ अौ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि ,नेपाल तरुण दलको जिल्ला उपसभापति हुनुभयो । हाल नेपाल तरुणदल इलामको जिल्ला सभापति र इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष समेत रहेछ काम गरिरहनु भएको छ ।२०५३ साल देखि नेपाली कांग्रेसको क्रियासिल सदस्य रहि पार्टीलाई योगदान गर्दै आउनु भएको छ । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आफु क्षेत्रीय सभापति बनेमा कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढने प्रतिवद्धता जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.