नेपाली कांग्रेसको देउमाई नगर सभापतिमा दिलिप कार्की

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: देउमाई नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । बिजयी कार्की देउमाई ५ का निर्वाचित वडाध्यक्ष हुन ।

यस्तै उपसभापतिमा ताराकुमार राई र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय भएका हुन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले १११ र कटुवालले १०६ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *