गृहमन्त्री खाँडद्धारा इलाम र पाँचथरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल: कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएको छ । आज गृहमन्त्री सहितको टोलीले इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेको हो । उक्त निरीक्षण पछि जिल्ला प्रहरी कार्यालय इलाममा इलाम र पाचँथर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट बाढी पहिरोले पुर्याएको जनधनको क्षतिको बारेमा जानकारी लिनु भएको थियो । गृहमन्त्री खाँडले जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै सुरक्षा प्रमुखलाई निर्देशन समेत दिनु भएको थियो ।
निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, प्रतिनिधिसभा सदस्य सुजता परियार, संविधान सभा सदस्य नगेन्द्र कुमाल, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री सुनिल थापा, ने.का. केन्द्रिय सदस्य तथा पूर्व सांसद रामहरी खतिवडा, निमित्त गृहसचिव प्रदिप कुमार कोइराला, राष्ट्रिय बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापा लगायत रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.