इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र २ ‘ख’ सभापतिमा निश्कल राई निर्वाचित

  • 427
    Shares
इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र २ ‘ख’ सभापतिमा निश्कल राई निर्वाचित

इलाम: इलाम निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा निर्वाचन क्षेत्र २ ‘ख’ को नेपाली कांग्रेस सभापतिमा निश्कल राई निर्वाचित भएका छन् ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको प्रदेश सभा क्षेत्रीय निर्वाचनबाट राई सभपातिमा विजयी भएका हुन् ।

आज विहान आएको अन्तिम मत परिणाम अनुसार राईले तीनजना प्रतिष्पर्धीलाई पराजित गरेका हुन् ।खसेको कुल ३ सय ६१ मत मध्ये राईले १ सय ६१ मत प्राप्त गरेका छन् । यस्तै अर्का सभापतिका उमेद्वार श्याम बहादुर कार्कीले ८३ र मन बहादुर बस्नेतले ७३ मत प्राप्त गरे । सभापतिका अर्का उमेद्वार सुवक श्रेष्ठले १४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।