इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति


फिक्कल इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा निर्वाचन क्षेत्र १ ‘क’ को नेपाली कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित हुँनु भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको प्रदेश सभा क्षेत्रीय निर्वाचनमा तीन जना बिच भएको निर्वाचनबाट मैया लिम्बु १२३ मतले बिजयी हुँनु भएको हो ।
खसेको कुल ३ सय ४७ मत मध्ये लिम्बुले १ सय २३ मत प्राप्त गर्नु भएको छ । यस्तै अर्का सभापतिका उमेद्वार पुुनम गुरुङले १ सय ४ र अर्का सभापतिका उमेद्धार ८१ मत प्राप्त गर्नु भएको छ ।
उपसभापतिमा ज्ञान बहादुर राई र मोहन गुरुङ बिजयी हुनु भएको छ । सचिवमा कुसुम दाहाल र मनोज लेप्चा बिजयी हुँनु भएको छ । सह सचिवमा मख्खन गुरुङ र सीता घिसिङ राई निर्वाचित हुँनु भएको छ । शुक्रबार दिउसो फिक्कलमा भएको मतदानको मत परिणाम शनिबार बिहान सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published.