इलामको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १(ख) को सभापतिमा खगेन्द्र लिम्बु निर्वाचित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल : इलामको निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा १(ख) को सभापतिमा खगेन्द्र लिम्बु निर्वाचित हुँनु भएको छ । ४ जना बिच सभापति पदमा भएको निर्वाचनमा लिम्बु ९५ मत प्राप्त गर्दै बिजयी बन्नु भएको हो ।

अन्य सभापतिका उम्मेद्धार लक्ष्मण कार्कीले ५८,सुभाष सुब्बाले ४८ र लक्ष्मण राईले ७९ मत पाउनु भएको छ । उप सभापतिमा पदम केशर लिम्बु र हरी प्रसाद कोरईराला बिजयी बन्नु भएको छ । सचिबमा धनबहादुर लिम्बु र भीम बहादुर मगर बिजयी बन्नु भएको छ ।

सह सचिबमा चन्द्र लिम्बु र शुरेस राई बिजयी बन्नु भएको छ । उक्त निर्वाचन क्षेत्रको मत परिणामा आज दिउसो मात्र सार्वजनिक भएको हो । गजुरमुखीमा निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा १(ख) को मतदान हिजो भएको थियो ।

Leave a Reply

Your email address will not be published.