इलाम क्षेत्र नम्बर २ को कांग्रेस सभापतिमा डिकेन्द्र निर्वाचित

  • 1
    Share
इलाम क्षेत्र नम्बर २ को कांग्रेस सभापतिमा डिकेन्द्र निर्वाचित

फिक्कल: नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इदिङ्गो विजयी बनेका छन् । जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य प्यानलबाट उठेका डिकेन्द्रले चारसय ३२ मत ल्याएर विजयी बने।

उनका प्रतिष्पर्धी जिल्ला सभापति हिमालय कर्मचार्य निकट नुतनदेव दुलालले २९८ मत ल्याए भने तेस्रोमा केशव थापा प्यानलका नरेश श्रेष्ठले १८८ मत र चौथोमा डम्बर खड्का निकट मनकुमार बुढाथोकीले ७४ मत मात्र प्राप्त गरे। यसअघि क्षेत्र नं. १ मा पनि भेषराजनिकट कै समशेर राइ सभापतिमा निर्वाचित बने ।