माधव चम्लागाईं कांग्रेस महाधिवेशन प्रतिनिधिमा फराकिलो मतका साथ विजयी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार इलाममा भएको जिल्ला अधिवेशनबाट पत्रकार माधव चम्लागाईं महाधिवेशन प्रतिनिधिमा शानदार मतका साथ विजयी भएका छन् ।शनिबार भएको मत गणनाको परिणाम अनुसार चर्चित अनलाइन संचारमाध्यम हाम्राकुरा डटकमका संस्थापक समेत रहेका चम्लागाईं भारी मतका साथ विजयी भएका हुन् । अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट निर्वाचित हुने एक जना महाधिवेशन प्रतिनिधिका लागि चम्लागाईंसहित किशोरकुमार कार्की र रविचन्द्र अधिकारी चुनावी प्रतिस्पर्धामा थिए ।

प्राप्त परिणाम अनुसार चम्लागाईंले ८५१ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै अर्का प्रतिस्पर्धी कार्कीले ३५९ मत र अधिकारीले २४२ मत प्राप्त गरे । इलाममा १७९५ मत मध्ये १७३२ मत खसेको थियो । अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा आरोहण गर्न पाउने अधिकारलाई विश्वमा स्थापित गर्न सफल भएका पत्रकार चम्लागाईं विगत डेढ दशकदेखि पार्टीको क्रियाशील सदस्य थिए । साथै दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथालगायतका ६५ सय भन्दा माथिका हिमाल आरोहण गर्न पाउने अधिकार दिलाएर पृथक परिचय बनाएका चम्लागाईंले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापनाका लागि राष्ट्रियस्तरमा खेलेको भूमिका र कांग्रेसका विभिन्न इकाइहरुमा बसेर काम गरेको अनुभवलाई अब सक्रिय कांग्रेसको राजनीतिमार्फत सदुपयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

उक्त रिटलाई तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिहरूले पनि सगरमाथा आरोहण गर्न पाउनेगरी फैसला गरेको थियो । उक्त फैसलापछि अपाङ्गता भएका व्यक्तिहरुको ठूलो अधिकार स्थापित बनेको थियो । उक्त फैसला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अधिकार प्राप्तीको ऐतिहासिक नजिरका रुपमा स्थापित बनेको थियो ।

उक्त फैसलापछि चम्लागाइसँग जोडिएका समाचारहरु राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ प्रकाशित भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमिमा जन्मिएका चम्लागाईं काठमाडौंमा रहेर इलामका विकाससँग सम्बन्धित महत्वपूर्ण काममा योगदान दिंदै आएका छन् ।

नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चम्लागाईंले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै २०७६ फागुन १४ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

इलामेली विद्यार्थी मन्चको अध्यक्ष समेत भएर काम गरिसकेका उनी आमसंचार तथा पत्रकारिता विषयका स्नाकोत्तर पनि हुन् । उनी जिल्ला तथा केन्द्रीय स्तरमा रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि निरन्तर क्रियाशील छन् ।

Leave a Reply

Your email address will not be published.