इलाम नगरपालिकामा नगर शिक्षा नियमावली खारेज वा संशोधन गर्न वडाध्यक्ष श्रेष्ठको माग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: इलाम नगरपालिकाले ल्याएको नगर शिक्षा नियमावली खारेज गर्नुपर्ने अथवा संशोधन गर्नुपर्ने भन्दै इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले माग गर्नु भएको छ । वडाध्यक्ष श्रेष्ठले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त शिक्षा नियमावली खारेज वा संशोधन नगरी जर्वजस्त ढंगबाट कार्यन्वयन गर्नतर्फ लागे सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिनुभएको छ ।

उक्त कानुन संघिय कानुनसंग बाझिएको र सम्पूर्ण अधिकार नगर प्रमुखमा निहित भएको भन्दै तत्काल खारेजीको माग गरीएको हो । नगरपालिकाले सामुदायिक बिद्यालय ब्यबस्थापन समिति गठन गर्न वडा समितिबाट नाम सिफारीस गर्न गरेको पत्रचारको बिषयमा इलाम नगरपालिका वडा नम्बर ७ को वडा समितिको बहुमतले आफू आबद्ध दलको निर्देशनलाई आत्मसात गर्दै प्रचलित संघिय ऐन, नियमावलीसंग बाझिएको प्रावधानको आधारमा सिफारीस गर्न असमर्थ रहेको जानकारी गराएकाले प्रचलित ऐन कानुन बिपरीत सो कार्य नगर्न बिज्ञप्ति मार्फत आग्रह समेत गरीएको छ ।

ऐन कानुन र बिधी मिचेर गर्ने त्यस किसिमको हरेक कार्यका बिरुद्ध सशक्त प्रतिबाद गर्नका लागि बिज्ञप्ति मार्फत नै सबैलाई आव्हान गरीएको छ ।

Leave a Reply

Your email address will not be published.