फोनिज इलामको अध्यक्षमा पुन:योङहाङ निर्विरोध निर्वाचित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति सूचना प्रविधि

फिक्कल: आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० इलामको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा राम योङहाङ निर्वाचित भएका छन् ।बिहिवार इलाममा सम्पन्न अधिवेशनले योङहाङलाई पुन अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । योङहाङ चौथो अधिबेशनमा समेत निर्बिरोध अध्यक्षमा निर्वाचित भइ एक कार्याकाल जिम्मेवारी बहन गरिसकेका हुन । एक दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका योङहाङ इलामबाट प्रकाशन भइरहेको अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक हुन् भने सौर्य दैनिकका जिल्ला संवादादता हुन् ।

अधिवेशनले योङहाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा याम माबोहाङ लिम्बू , सचिवमा सोम सुनुवार , सहसचिवमा सृजना श्रेष्ठ र कोषाध्यक्षमा सुनिता खालिङ राई निर्वाचित भएका छन् । सदस्यहरुमा सङ्सेमी , लिला ब लिम्बू , सुश्मा राई, काकिराम लावती, दिपेन लिम्बू , शान्ती गुरुङ , धुर्ब फागो र सरिता राई निर्वाचित भएका हुन ।

Leave a Reply

Your email address will not be published.