इलामको माङसेबुङका दर्जनौं कांग्रेसमा प्रवेश

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

माङसेबुङ : इलामको माङसेबुङमा विभिन्न पार्टी परित्याग गरी पाँच दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन् ।शनिबार आयोजित कार्यक्रममा नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरी दर्जनौं नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।यसरी कांग्रेस प्रवेश गर्नेहरुमा झरेन्द्र लिम्बू, सिङगम लिम्बू, सुवास थेगिम, निसा देवान, लालकुमारी लिम्बू, धनमाया लिम्बू, सुखबहादुर लिम्बू, सुर्यमाया लिम्बू, भिमा लिम्बू, हर्कमाया लिम्बूलगायत रहेका छन् ।उनीहरुलाई कार्यक्रमका प्रमख अतिथि नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले खादा ओढाएर र टिका लागाएर स्वागत गरे ।

इलाम क्षेत्र नम्बर २ अन्तर्गत माङसेबङ पूर्व सभामुख तथा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रामा पर्दछ ।कांग्रस माङसेबुङ ५ का सभापति दुधबहादुर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य चन्द्रमाया लिम्बू, क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गो, प्रदेश सभापति खगेन्द्र लिम्बू, जिल्ला सदस्यहरु सकुन्तला राई, डम्बर लव्रिन्देन, नन्दकिशोर कुमार राई, क्षेत्रीय सदस्य सन्तोश गोले तामाङ, महाधिवेशन प्रतिनिधि जुनु माखिम, माङसेबुङ गाउँपालिका सभापति चन्द्र साँवा, उपसभापति यलम्बर साँवा लगायतको उपस्थिति रहेको थियो ।किँरात धर्म गुरु आत्मानन्द लिङदेनको पवित्र स्थल भालुटारमा भएको कार्यक्रममा प्रमुख अतिथि काँग्रेस सभापति खड्काले पटक पटक सभामुख समेत भईसकेका नेता सुवासचन्द्र नेम्वाङले जनतालाई सँधै ढाँट्नुबाहेक विकासका केही काम नगरेको आरोप लगाए ।

उनले काँग्रेसबाट मात्र प्रजातान्त्र र विकास सम्भव रहेकोले सबैलाई काँग्रेस प्रवेश गर्न आग्रह गर्दै महागुरु फाल्गुनन्दको तपोभूमि तथा वर्तमान धर्मगुरुको पवित्र स्थल लारुम्बाको विकास र संरक्षणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गो, जिल्ला सदस्य रामाया लिम्बूलगायतले समेत मन्त्ब्य राखेका थिए ।यसैबिच सूर्योदय नगरपालिका २ मा हिजै भएको कार्यक्रममा १५ परिवार अन्य पार्टी त्यागी काग्रेसमा प्रवेश गरेका छन ।

Leave a Reply

Your email address will not be published.