एमाले इलामको अध्यक्षमा बस्‍नेत, उपाध्यक्षमा राई, सचिवमा गुरुङ र उपसचिवमा सुवेदी विजयी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । मतगणना नसकिदैं अत्याधिक बहुमतका साथ अध्यक्षमा बस्नेत निर्वचित भएका हुन् । भर्खरै सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार बस्नेतले ५ सय ८ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका प्रतिष्पर्धी डा देवी क्षेत्री दुलालको ५४ मत मात्र प्राप्त गरेका छन् ।

एमाले इलामका नवनिर्वाचित उपाध्यक्ष उदयबहादुर राई ।


उपाध्यक्षमा उदयबहादुर राई ४ सय ५० मतका साथ विजयी भएका छन् । बाँकी सबै मत प्रतिष्पर्धीलाई गएपनि राईको मतजति पुग्दैन । उनका प्रतिष्पर्धी याम अधिकारीले १ सय ५ मत मात्र पाएका छन् ।

त्यस्तै सचिवमा उमेश गुरुङले ३ सय ८८ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी प्रकाश अधिकारीले १ सय ७० मत मात्र पाएका छन् ।

एमाले इलामका नवनिर्वाचित सचिव उमेश गुरुङ


त्यसैगरी दुई जना उपसचिव पदमध्ये रविन्द्र सुवेदी ३ सय ३२ मतका साथ विजयी भइसकेका छन् । अर्को एक जना उपसचिवका लागि विष्णुमाया आचार्य ९२०४ मत०, छवि श्रेष्ठ ९१८९ मत०, रमेश राई ९१४० मत०, सन्तराम योङहाङ ९१०२ मत० र नरेश तामाङ ९६३ मत० प्रतिष्पर्धामा छन् ।

एमाले इलामका नवनिर्वाचित उपसचिव रविन्द्र सुवेदी ।

मतगणना नसकिएकाले औपचारिक घोषणा भने भएको छैन । एमालेको दशौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७ सय ६३ मत खसेको थियो ।नयाँ बुलन्द

खुला सदस्यका उम्मेदवारको मतपरिणाम


नेकपा एमाले १० औ अधिवेशनको खुला सदस्यको मतपरिणाम प्राप्त भएको छ । १५ जनाको कोटा रहेको खुला सदस्य पदमा कृष्ण प्रसाद सुवेदी १०७,बासु रेग्मी १०९
,बिनोद देवान १०३, देबेन्द्र बि।क। १५६,मन श्रेष्ठ १७५,युवराज बासिस्ट १२४, गुरुङ १४२, रोम बहादुर लुङगेली ११६,प्रकाश अधिकारि १४२, कृष्ण प्रसाद सुवेदी १०७,
बासु रेग्मी १०९, बिनोद देवान १०३, बिमल दहाल ९९, बुद्दी खनाल १३८ मत प्राप्त गरेका छन् । प्रवेश पराजुली १५०,कालिबहादुर भट्टराई ५९,गणेश कुमार राई १५८, गंगा प्रसाद नेपाल ६८,गोबिन्द बुढाथोकी ८७, चुणामणी खनाल ८७, जीवन अधिकारी ७०, दिनेश काफ्ले ११३, दिलेन्द्र खनाल ७६, निरोज पौडेल ९८, पर्सुराम भण्डारी ८३, प्रेमसागर बराल ९८, बासु रेग्मी १०९, बिनोद देवान १०३, बिमल दहाल ९९, बुद्दी खनाल १३८, बेदमंगल खतिवडा ५७, मिलन खत्री १३५, याम राई १४१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.