प्रदेश सांसद धिरेन्द्र शर्माद्धारा निर्वाचन क्षेत्रमा बजेट बाडफाड,राँके गैडे सडक प्राथमिकतामा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस राजनीति


इलाम : सांसद धिरेन्द्र शर्मा रमण ले आफ्नो प्रदेश निर्वाचन क्षेत्र २ ख मा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम विनियोजन गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका फाकफोकथुम, मांसेबुङ र चुलाचुली गाउँपालिकाको १९ वडा साथै माई नगरपालिका ३ वटा वडा गरि २२ वटा वडामा १ करोड बजेटको २४ वटा योजनाम बजेट तथा कार्यक्रम विनियोजन गरेका हुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत रहेका शर्माले बजेट विनियोजन गर्दा राँके गैडे सडकलाई प्राथमिकतामा राखेका छन ।

विनियोजन गरेको बजेटमा फाकफोकथुममा २ नं वडाको खाम्फुला सडकमा ५ लाख, ६ नं वडामा पसल तिम्पुङ र होयङमा सडमा ५ लाख, १ नं वडामा खाम्बाङ कृषि सहकारी संकलन केन्द्रको भवन निर्माणमा ५ लाख, ७ नं वडामा शाहीद स्मृति भलिबल प्रतियोगितालाइ १ लाख ५० हजार, शहिद रत्नकुमार वान्तावा डकुमेन्ट्री निर्माणमा २ लाख, ३ नं. वडामा नसुवा खोला दहालधारा जुकेनि रातमाटे कुलो मर्मतमा ३ लाख र ज्ञानदिलदास चित्रे सडकमा १ लाख ५० हजार छुट्याइएको छ । यस्तै ५ नं वडामा भालुखोप माल्टेनि सडकमा ५ लाख विनियोजन गरिएको छ । यस्तै माइ नगरपालिकामा ८ नं वडामा दुङदुगे खोल्सि कल्भर्ट निर्माणमा ४ लाख र चेपेखोला जारिवाले धारा कल्भर्ट निर्माणमा ८ लाख, ७ नं बडामा वडा कार्यालय देखि रातमाटे सडकमा ४ लाख र ६ नं वडामा डुडेगैरि सुसलिङ सडकमा ६ लाख विनियोजन गरिएको छ ।

उता राँके गैडे सडकको ट्रायाक जोड्न मांसेबुङमा पर्ने तामाखोला९तितृबोटे खण्डमा ९ लाख र सुमसाजुङ तावाखोला खण्डमा ६ लाख गरि १५ लाख विनियोजन भएको छ । यस्तै मांसेबुङको ५ नं वडामा मझुवा खर्वनि खेल मैदान निर्माणमा ५ लाख, १ नं। वडामा बरभन्याङ विद्यालयको घेराबारामा ५ लाख विनियोजन भएको छ । यस्तै चुलाचुलीमा ३ नं। वडामा महादेव चोक मोटर वाटोमा १ लाख, ६ नं। वडामा नुनसरि पैनि मार्गमा ५ लाख, ५ नं. वडामा शहिद चन्द्र टोल विकास गैरिगाउ सडकमा १ लाख र खन्यु खोल्सिमा ग्राबेलमा ३ लाख, ४ नं. वडामा सालवारी कंचनजंगा टोल सडकमा ५ लाख, ३ नं वडामा कुईकेल रातेहोलि सडकमा ५ लाख र २ नं वडामा श्रजना टोलको कच्ची सडकमा ग्राबेलको लागि १ लाख विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published.