नेविसंघको केन्द्रीय सभापति दावी गर्दै इलामका संजिव ढकाल

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरुको नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको छ । कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको हो ।फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारीमा जुटेको हो ।
विशेष गरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ उक्त संगठनहरुमा नयाँ नेतृत्वको तयारी थालिएको हो । तरुण दलमा ४५ बर्ष र नेविसंघमा ३२ बर्षे उमेर हदको व्यवस्था अनुरुप नयाँ कार्यसमिति गठन गर्ने तयारी छ ।नेविसंघमा डुजाङ शेर्पा, संजिव ढकाल, प्रेमबहादुर शाही, मनीषजंग थापा, हिमान्त भण्डारी, गीता गुरुङ, मेघा शाहीलगायत दौडमा छन् । नेविसंघ नेतृत्वका लागि शेर बहादुर देउवा समूहबाट धेरैले इच्छा देखाएका छन् ।

इलामबाट कांग्रेस महाधिवेशन प्रतिनिधि एवम नेविसंघ आरआर क्याम्पस इकाइ सभापति समेत रहेका संजिव ढकाललाई भने डा शंशाक कोइरालाले सभापति बनाउने इच्छा देखाएका छन् । हरेक आन्दोलनमा अग्रमोर्चामा देखिने गरेका ढकालले नेविसंघको कमान्ड सम्हाल्न आफू सक्षम र योग्य रहेको दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.