मतपेटिका रित्तो पारिदिनेहरु एमाले प्रवेश गर्नेको भिड देखेर अत्तालिए: उपाध्यक्ष नेम्वाङ

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेको मतपेटिका रित्तो पार्छु भन्दै भाषण गर्ने विपक्षी दलका नेताहरु नेकपा एमाले प्रवेश गर्नेहरुको भिड देखेर आत्तिएको बताउनुभएको छ ।आइतबार इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिका स्थित फिक्कल बजारमा भएको बृहत् जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गृह जिल्ला आइपुग्नुभएका नेता नेम्वाङले एमाले छोडेर गएकाहरुलाई फिर्ता आउन ढोका सधै खुल्ला रहेको समेत बताउनु भयो । नेता नेम्बाङले बरु यो क्षेत्रका जनतालाई गल्ति भयो भनेर माफ मागे अझै मौका रहेको बताउनु भयो ।

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको जिल्ला भएकाले पनि पार्टी विभाजनको सोझो असर इलाम जिल्लालाई परेको देखिन्छ । इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।यसमा पनि खनालले प्रतिनिधिसभा निर्वाचन जितेको इलाम क्षेत्रभएकाले पनि दुवै दलले आउँदो निर्वाचनमा यो क्षेत्रलाई चासोका साथ हेरेका छन् ।यसैगरीएमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जीत निश्चित भएको बताउनुभएको छ ।उहाँले इलामको सुर्योदयमा मात्र नभएर सिङो नेपाल भरीबाट एमालेको जित हुने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ, खानेपानी, सडक संजालहरुकमा चौतर्फि विकास आफ्नै पालामा भएको समेत बताउनुभयो । डिजिटल नेपाल बनाउन आइटी क्षेत्रको काम पनि एमालेले गरेको ओलीको भनाइ छ । यस्तै ओलीले अझै विकासका सम्भावनाहरु बाकी नै रहेकाले त्यो पनि पुरा गरिने समेत बताउनुभयो । यस्तै उहाँले विभिन्न पार्टी परित्याग गरि एमाले प्रबेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.