इलामको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई प्रहरी नियन्त्रणमा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

इलाम : नेपाली कांग्रेस गाउँपालिका सदस्य कृष्णबहादुर खड्कालाई हातपात गर्ने फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडित खड्ले प्रहरीमा उजुरी दिएपछि उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष राईले गत चैत्र १८ गते गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको भन्दै बिरोध सुरु भएको थियो । उपाध्यक्ष राईको कुटपिटबाट घाईते खड्का काँग्रेस फाकफोकथुम गाउँपालिकाका सदस्य समेत रहेका खड्काले जाहेरी दिएपछि राईलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी गंगाबहादुर थापाले उहाँलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँका अनुसार अब म्याद थप गरि अनुसन्धान गर्ने तयारी भइरहेको छ । हाल प्रहरी नियन्त्रणमा रहनु भएकी उपाध्यक्षलाई म्याद थप पछि हिरासतमा राखिने बताइएको छ ।
राईको कुटाइबाट खड्का घाईते भएको घटनाप्रति काँग्रेस इलामले बिज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ ।
गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । सोहि बिषयमा बिबाद हुँदा पालिकाकी उपाध्यक्ष राईले खड्कालाई हातपात गरेको बताइएको छ । यस बिषयको बिबाद हुँदा भएको अडियो सामाग्री समेत बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published.